छैटौं घिरिङ अध्यक्ष कपको उपाधी वडा नम्बर ५ लाई

Devghat Online

शेयर गरौ

अन्जान परियार
घिरिङ, बैशाख २२

घिरिङ गाउँपालिकामा आयोजित छैटौं घिरिङ अध्यक्ष कप प्रतियोगिताको उपाधी वडा नम्बर ५ ले जित्न सफल भएको छ । घिरिङ गाउँपालिकाको सहयोगमा खेलकुद बिकास समिति घिरिङको आयोजनामा बैशाख १९ देखि २१ सम्म सन्चालित छैटौं अध्यक्ष कप खेलकुद प्रतियोगितमाा वडा नम्बर ५ विजयी भई उपाध हात पर्न सफल भएको हो ।

प्रतियोगिताको बिहिबार सम्पन्न वडा स्तरीय भलिबल प्रतियोगितामा पुरुष तर्फ वडा नं ५ प्रथम भयो भने वडा नम्बर १ द्वित्तिय र वडा नम्बर २ तृतिय भयो । बिजेताहरुलाई प्रथम पुरस्कार ७० हजार नगद सहित ट्रफी मेडल र प्रमाणपत्र, द्वित्तियलाई ५० हजार नगत सहित ट्रफी मेडल र प्रमाणपत्र, तथा तृतिय हुनेले ३० हजार नगद सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरे ।

यसै गरि महिला भलिबल तर्फ वडा नम्बर २ ले प्रथम स्थान हासिल ग¥यो भने वडा नं. १ दोश्रो र वडा नं ४ तेश्रो भयो । महिला भलिवल तर्फ प्रथम, द्वित्तिय र तृतियले क्रमशः नगद ४० हजार ३० हजार र १५ हजार सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरे ।

यसैगरी सटफुट खेलमा पुरुष तर्फ हेम बहादुर राना बिजय भएका छन भने महिला तर्फ बुद्धि माया कुमाल बिजयी भइन् । उनिहरु लाई रु ३ हजारको दरले पुरस्कार दिइयो यस्तै गाउँपालिकाका कर्मचारी र जनप्रतिनिधि आयोजित भलिबल खेल प्रतियोगितामा कर्मचारी टिम बिजय हुन सफल भयो । बिजेता कर्मचारी टिमले नगद २० हजार रुपैयाँ पुरस्कार प्राप्त ग¥यो ।

सो अवसरमा भलिबल खेलको विभिन्न बिधामा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीहरुलाई आयोजक एबम रेफ्री बाट मुल्यांकन गरि सम्मान गरिएको थियो । उत्कृष्ट खेलाडीहरुमा पुरुष तर्फ बेष्ट ब्लकर आशिष श्रेष्ठ (वडा नं १), बिन्दु नेपाली बेस्ट स्पाइकर ( वडा नं ५), बेस्ट सर्भर दिपक शाही (वडा नं १), बेस्ट डिफेन्डर चिरन थापा (वडा नं ३), बेस्ट सेटर हिमाल थापा (वडा नं ५), बेस्ट प्लेयर सुदिप थापा (वडा नं ५) सम्मानित भएका छन भने उत्कृष्ट खेलाडिहरुमा महिला तर्फ प्रीती माया थापा बेस्ट प्लेयर र धनु थापा बेस्ट सर्भरमा सम्मानित भए ।

‘खेलकुद, अनुशासन र राष्ट्रभक्ती, समृद्ध घिरिङका लागि स्वस्थ जनशक्ति’ भन्ने मुल नारका साथ आयोजित छैटौं घिरिङ अध्यक्ष कप खेलकुँद प्रतियोगिताको समापन कार्यक्रममा बोल्दै घिरिङ गाउँपालिका अध्यक्ष होमबहादुर थापाले खेलकुद मित्रताको प्रतीक रहेकोले खेल बाट जसरी सवै मन एक भएको हुन्छ त्यसै गरि घिरिङ समृद्धिको लागि सबै राजनितिक दलको सकारात्मक साथ सहयोग रहनु पर्ने बताए । आफुले अहिलेसम्म कसैलाई विभेद नगरी काम गर्दै आइरहेको भन्दै अध्यक्ष थापाले गाइघाट–गल्याङ मोटरमार्गको लागी ४० करोड बजेट हुँदाहुँदै पनि मुद्दा परेकोले काम अगाडि बढाउन नसकेको भन्दै फेरि पनि अरु बिकल्प खोजेर बाटो बिस्तारमा जुट्ने बताए ।

यस्तै कार्यक्रमका बिशिष्ट अतिथी घिरिङ गाउँपालिकाका निवर्तमान अध्यक्ष रनबहादुर रानाले घिरिङलाई बिकास गर्न गाउँपालिका कार्यकारी टिमलाई खुट्टा नकमाएर काम गर्न अनुरोध गरे । खेलकुद बिकास समिती घिरिङका अध्यक्ष झपेन्द्र गुरुङको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद पोखरेल, निबर्तमान उपाध्यक्ष सरस्वती सिग्देल लगायतले पनि मन्तव्य राखेका थिए । सो कार्यक्रममा वडा अध्यक्षहरु, राजनिती दलका प्रतिनिधिहरु, जनप्रतिनिधिहरु र खेल प्रेमी दर्शकहरुको उपस्थिती रहेको थियो । सो कार्यक्रमलाई सांस्कृतिक प्रस्तुति सहित सम्पन्न गरेको कार्यक्रम सन्चालक समर रानाभाटले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाट महा–महोत्सवमा राप्रपा अध्यक्ष लिङदेनः नेपाललाई हिन्दु राष्ट्र बनाएरै छाड्छौ

देवघाट, माघ २२ राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले नेपाललाई हिन्दु राज्य बनाएरै छाड्ने बताएका