दमौली अस्पताललाई एक सय बेडको स्तरोन्नती गर्ने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता

Devghat Online

शेयर गरौ

दमौली, जेठ ९

गन्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दमौली अस्पताललाई एक सय बेडको बनाउने प्रतिबद्धता जनाएका छन् । सोमबार दमौली अस्पताल विकास समितिका पदाधिकारीहरुसँग भएको भेटमा मुख्यमन्त्री पाण्डेले दमौली अस्पतालको स्तरिकरण गरि एक सय बेडको बनाउने प्रतिबद्धता जनाएको अस्पताल विकास समितिका अध्यक्ष देवेन्द्र थापाले जानकारी दिए ।

‘हामीले मुख्यमन्त्रीलाई दमौली अस्पताललाई ५० बेडमा स्तरोन्नति गरि दिन अनुरोध गरेका थियौं’ थापाले भने ‘तर मुख्यमन्त्री पाण्डेले एक सय बेडको क्षमतामा स्तरोन्नती गर्ने प्रतिबद्धता जनाउनुभयो ।’ समितिका अध्यक्ष थापाको नेतृत्वमा गएको टोलीले मुख्यमन्त्री पाण्डेलेलाई भेट गरेको थियो ।

सो भेटमा मुख्यमन्त्री पाण्डेले दमौली अस्पतालाई यथाशिघ्र एक सय बेडको बनाउन आफु लाग्ने आश्वासन दिएको अध्यक्ष देबेन्द्र थापाले बताए । साथै सो क्रममा दमौली अस्पतालमा विगत लामो समयदेखि निमित्त सुपरीटेण्डेनको भरमा काम गर्नुपर्दा कठिनाई भएकोले तुरुन्त एक जना सुपरीटेण्डेन पठाउन समेत पहल गरिदिन आग्रह गरेको अध्यक्ष थापाले बताए ।

सो टोलीले गन्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिंखडालाई अस्पतालको स्तरोन्नति, हेमोडायलाईसिस सेवा र अस्पतालमा विशेषज्ञ डाक्टरको व्यवस्था गर्न अनुरोध गरेको थियो । यस्तै भौतिक पुर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुर जुग्जालीलाई अस्पतालको नयाँ भवनको डिपिआर गर्न माग राखेको अध्यक्ष थापाले बताए ।

साथै कृषि तथा भूमिव्यवस्था मन्त्री महेन्द्रध्वज जिसीलाई भेटगरि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले अस्पतालको स्तरोन्नतिको लागि उपलब्ध गराउने निर्णय गरेको छ भने ३.५ रोपनी जग्गाको सम्झौताको लागि पहल गरिदिन समेत पहल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता