देवघाटका वडा अध्यक्षका छोराले धम्कि दिएको भन्दै कर्मचारीहरुद्वारा कामकाज स्थगन

Devghat Online

शेयर गरौ

देवघाट, जेठ १२
देवघाट–५ का वडाध्यक्षका छोरा हरि कुवँरको रबैया ः अनुगमनमा खटिएका प्राविधिकमाथि दिए धम्की

देवघाट गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष पुर्ण बहादुर कुवँरका छोरा हरि कुवँरले अनुगमनमा गएका प्राविधिक कर्मचारीमाथि माथि गालीगलौज तथा दुर्व्यहवार गरेको भन्दै देवघाट गाउँपालिकाका कर्मचारीहरुले सेवा स्थगन गर्ने भएका छन् ।
देवघाट गाउँपालिकाका सबइन्जिनियर परिक्रमा पन्त र वडा प्राविधिक बिनिता पुन कुवरले दुव्र्यवहार गर्दै धम्कीपूर्ण व्यवहार गरेको आरोप कर्मचारीहरुले लगाएका छन् ।
शुक्रबार प्रेस बिज्ञप्ती जारी गर्दै गाउँपालिकाका कर्मचारीहरुले  दोषीलाई कारवाही नहुँदासम्म गाउँपालिका कार्यालय अन्तर्गत सबै शाखाबाट प्रवाह हुदै आएको सम्पूर्ण सेवाहरु स्थगन गरिएको जनाएको छ ।

कर्मचारीहरुले सामुहिक विज्ञप्ति प्रकाशित गरि शान्ति सुरक्षा र दोषीलाई कारबाहीको माग गरेका छन् । देवघाट गाउँपालिका वडा नं ५ मा निर्माणधीन रातमाटे प्रवेशद्वारबाट माथि रातमाटे बस्तीतर्फ जाने अधुरो मार्ग ढलान कार्यको अवलोकन गर्न गएको समयमा आफुहरु माथि दुव्र्यवहार भएको सबइन्जिनियर परिक्रमा पन्तले जानकारी  दिइन् ।
व्यक्तिगत आचारणमा आँच आउने गरी सामाजिक संजालमा भ्रम फैलाउने कार्य गरेकाले कर्मचारीमा त्रास सिर्जना गरेको हुँदा उक्त किसिमको अमर्यादित र अभद्र कार्य प्रति संम्पूर्ण कर्मचारीहरुले खेद प्रकट गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता