राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले मागे प्रधानमन्त्री प्रचण्डको राजिनामा

Devghat Online

शेयर गरौ

काठमाडौं, जेठ २८

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजिनामा मागेका छन् ।

आइतवार बसेको प्रतिनिधि सभा बैठकको अन्तिममा सभामुखसँग समय लिएर राप्रपा सचेतक समेत रहेका शाहीले युद्ध अपराधमा मुद्दा दर्ता भएपछि प्रधानमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्ड विरुद्ध सर्वोच्च अदालतमा युद्ध अपराध सम्बन्धी मुद्दा दर्ता भएको भन्दै राप्रपा सांसद ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग गरेका हुन् ।

पार्टी अध्यक्ष या व्यक्तिले गरेको अपराधमा देशको प्रधानमन्त्री मुछिन नमिल्ने उनको जिकिर छ । ‘प्रधानमन्त्री संसदको सदस्य पनि हो । उहाँविरुद्ध सर्वोच्च अदालतमा युद्ध अपराधजस्तो जघन्य अपराधमा मुद्दा दर्ता भएको छ ।

‘सर्वोच्चले जेठ ३० गते अदालतमा हाजिर हुन भनेर पर्चा काटिसकेको छ,’ उनले भने, ‘म सोध्न चाहन्छु ३० गते अदालतमा जाँदै गर्दा उहाँ यो देशको प्रधानमन्त्री भएर जानुहुन्छ की पुष्पकमल दाहाल प्रचण्ड भएर ? उहाँले तत्काल राजीनामा दिएर बाटो प्रसस्त गर्नुपर्छ । नैतिकताका आधारमा पनि पदमा बसिरहन मिल्दैन ।’

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता