बोरा भित्र शव भेटिएकी महिलाको सनाखत, एक पक्राउ

Devghat Online

शेयर गरौ

दमौली, जेठ ३१

व्यास नपा–४ स्थित गुरुङ च्यानडाँडामा मंगलबार दिउँसो बोेरा भित्र पोको पारेको अवस्थामा शव भेटिएको महिलाको सनाखत भएको छ ।
प्रहरीले गरेको अनुसन्धानमा मृतक महिलाको सनाखत भएको छ ।

उक्त घटनामा संलग्न भएको आशंकामा एक जनालाई पक्राउ समेत गरिसकिएको प्रहरीले जनाएको छ । तर प्रहरीले अनुसन्धान जारी नै रहेको हुँदा मृतक महिला र पक्राउ परेका व्यक्तिको पहिचान भने गोप्य राखेको छ ।

जिल्ला प्रहरी कायाएलय तनहुँका एसपी अवदेश विष्ट क्षेत्रीले सबै प्रक्रिया पुरा गरेर एक, दुई दिनमै मृतक र पक्राउ परेको व्यक्तिको बारेमा सार्वजानिक गरिने बताए । मृतक अन्दाजी ३० बर्षकी भएकी र दमौली बजारकै रहेको प्रहरी श्रोतले जनाएको छ ।

च्यानडाँडा स्थित सुवर्णमार्ग कच्ची सडकको कुनामा रहेको ढलको पानी जानकोलागि बिछ्याईएको ह्युम पाइपमा प्लास्टिकको बोरा भित्र राखेको अवस्थामा अन्दाजी २०–२२ बर्षिया महिलाको शव भेटिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका सामग्री खरिद गर्न भिमाद नगरपालिकाको अपिल

तनहुँ । भदौ २ भिमाद नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूले निर्माण तथा उत्पादन गरेका सामग्रीहरूलाई प्राथमिकताका

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो