एमाले तनहुँको बैठक: इन्चार्ज महतलाई स्वागत

Devghat Online

शेयर गरौ

दमौली, जेठ ३१

नेकपा एमाले जिल्ला कमिटी तनहुँको पुर्ण बैठक जिल्ला पार्टी कार्यालय दमौलीमा सुरु भएको छ ।

जिल्ला कमिटीका अध्यक्ष श्रीप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले जिल्ला कमिटीका सदस्यहरुले आ आफ्नो कार्यक्षेत्रको रिपोर्टिङ, पार्टी सदस्यता नविकरण तथा लेवी शुल्क, उपनिर्वाचनको समिक्षा लगायतको विषयमा छलफल हुने सचिव राजेश्वर ढकालले बताए ।

बैठकमा केन्द्रीय कमिटीको बैठकबाट तनहुँ जिल्ला इन्चार्जको जिम्मेवारी पाएका केन्द्रीय सदस्य तिलक महतलाई स्वातगत गरि इन्चार्जसीप प्रदान गरिएको थियो । यसअघिका जिल्ला इन्चार्ज पोलिट्व्युरो सदस्य टुकराज सिग्देलले महतलाई आफ्नो जिम्मेवारी हस्तान्तरण गरेका थिए ।

बैठकमा जिल्ला कमिटीका अध्यक्ष श्रेष्ठले अघिल्लो बैठकबाट हालसम्म भएका निर्णय कार्यान्वयन र पार्टीको गतिविधिको बारेमा आफ्नो प्रतिबेदन प्रस्तुत गरेका थिए ।

बैठकमा केन्द्रीय सदस्यद्वय भगवती न्यौपाने र सविता रसाइली, केन्द्रीय सल्लाहकारद्वय एकबहादुर राना र नरेन्द्र वाग्ले, प्रदेश कमिटीका पदाधिकारी, सदस्य र जिल्ला कमिटीका सदस्यहरुको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

प्रकाश पन्थद्वारा कांग्रेस केन्द्रीय सदस्य अपाङ्गता क्लस्टरमा उम्मेदवारी

तनहुँ । असोज २० नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश पन्थले नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले