बन्दीपुर गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

Devghat Online

शेयर गरौ

बन्दिपुर, असार १

बन्दीपुर गाउँपालिकाको आर्थिक बर्ष २०७९÷०८० को सार्वजनिक सुनुवाई कार्यक्रम बिहीबार सम्पन्न भएकोे छ । कार्यक्रम बन्दीपुर गाउँपालिकाको आयोजना तथा ब्रोड ब्रेडकास्टिङ कम्पनीको सहजिकरणमा भएको थियो ।

बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाको अध्यक्षतामा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा गाउँपालिका उपाध्यक्ष पन्चमायाँ गुरुङले स्वागत मन्तब्य राखेकी थिइन् । सो कार्यक्रमको गाउँपालिका उपाध्यक्ष पंचमायाँ गुरुङ ६ वटै वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य वडा सदस्य बिभिन्न राजनितिकदलका प्रतिनिधि लगायत बिभिन्न संघ सस्थाका प्रतिनिधि प्रहरी गाउँवासी समाजसेवी शिक्षासेवी, पत्रकार, जेष्ठ नागरिक समाज, सर्वसाधारण रहेका थिए ।

सार्वजनिक सुनुवाई कार्यक्रममा यस चालु आर्थिक बर्षको प्रगती बिबरण गाउँपालिकाबाट सञ्चालित विकास कार्यक्रम, उपलब्ध सेवा, वस्तु र सुविधा सार्वजनिक गरी सेवाग्राही नागरिकले उठाएका प्रश्नहरुमा प्रस्टता ल्याउन र नागरिकबाट प्राप्त रचनात्मक सुझावहरुलाई ग्रहण गर्दै जिम्मेवार संस्कार बसाई आम नागरिकको चासो सरोकार तथा विकास निर्माण योजना र समस्याको समाधान गरी सेवाग्राहीका रुपमा आएका सर्वसाधारण प्रति सेवा प्रदायक निकायबाट भए गरेका क्रियाकलाप, उपभोक्ता समिति गठन प्रक्रिया, योजना सञ्चालन, पारदर्शिताको स्थानीय निकायमा सार्वजनिक सुनुवाइ कार्यविधि बमोजिम आम सर्वसाधारणहरुमा जानकारी गराउने उद्देश्यले कार्यक्रम गरिएको थियो ।

सार्वजनिक सुनुवाई कार्यक्रममा गाउँपालिकाको तर्फबाट बार्षिक कार्यप्रगती प्रमुख प्रशासकिय अधिकृत नवेशराज हमालले गरेका थिए । यस्तै विशेष गरि गाउँवासीहरुले सडक निमार्ण, विधुत, खानेपानी, भवन निर्माण,सेवा प्रवाह लगायतको समस्याको वारेमा सार्वजनिक सुनुवाईमा जानकारी गराउदै प्रश्नको माध्यमवाट समस्याको उपाय खोज्दै जिज्ञासा तथा सुझाव समेत राखेका थिए । कार्यक्रममा गाउँपालिको विविध समस्या तथा सावधानका उपाय बारेमा उठेका सवालमाथि जवाफ दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जैविक पर्यटनको उत्कृष्ट गन्तव्य बन्दै चितीखोला ग्रिन हिमालय फार्मस्टे

दमौली, भदौ ३० भानु नगरपालिका–९ चितीखोलामा सन्चालनमा रहेको ग्रिन हिमालय फार्मस्टे जैविक पर्यटनको उत्कृष्ट गन्तव्यको

‘देवघाटमा क्याम्पस खोल्ने विषयमा सबै क्षेत्र सकारात्मक’

देवघाट, भदौ २९ देवघाट गाउँपालिकामा स्नातक क्याम्पस खोल्ने विषयमा सबै सरोकारवालाहरु सकारात्मक रहेको क्याम्पस स्थापना