ओलीसँग वामदेवले भनेः नेकपा एकता अभियान एमालेमा मिसाउँछु, मेरो व्यवस्थापन होस्

Devghat Online

शेयर गरौ

काठमाडौं, असार ३

एमाले पूर्वउपाध्यक्ष एवं नेकपा एकता अभियानका संयोजक वामदेव गौतमले अध्यक्ष केपी ओलीसँग एमालेमा आफ्नो व्यवस्थापनको चासो राखेका छन् । कुन पदमा व्यवस्थापनबारे भने उनी खुलेनन् ।

गौतम ओलीलाई भेट्न एमाले मुख्यालय च्यासल पुगेका थिए । ओलीसँगको भेटपछि संक्षिप्त प्रतिक्रिया दिँदै उनले नेकपा एकता राष्ट्रिय अभियान पार्टीलाई एमालेमा समाहित गर्न आफू तयार रहेको जानकारी गराएको बताए ।

उनले आफू र आफूहरूसँगै आउने साथीको व्यवस्थापन हुनुपर्ने माग राखे । गौतमले पार्टीमा सबैभन्दा बढी जिम्मेवार प्राप्त नेताभन्दा कम जिम्मेवारी नदिन समेत आग्रह गरेको उल्लेख गरेका छन् ।

नेता गौतमले भने, नेकपा एकता राष्ट्रिय अभियान भन्ने पार्टी मसँग छ । एमालेमा मसहित सबैलाई ल्याएर एकीकृत गराइदिन्छु । कसरी व्यवस्थापन गराउनुहुन्छ गर्नुस् कसैलाई सोध्नुहुन्छ भने सोध्नुस् । बिहान उठेदेखि राति नसुत्दासम्म काम गर्न पाउनुपर्छ त्यस्तोखालको जिम्मेवारी दिनुस् । त्यो व्यवस्थापन भयो भने म आएर काम गर्छु भनेको छु ।’

ओलीले पार्टीभित्र छलफल गरेर आवश्यक निष्कर्षमा पुग्ने बताएका छन् ।

एमालेले ७० वर्षे उमेर हद हटाएपछि गौतमले अब आफूले सदस्यता नवीकरण गराएर एमालेमा फर्किने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाटमा पालिका स्तरीय अपाङ्ग सञ्जाल गठन तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न

देवघाट । असार ३ देवघाट गाउँपालिकामा अपाङ्गता भएका व्यक्तिहरूको हक, अधिकार र सहभागिता सुनिश्चित गर्ने

गलेश्वर आश्रमले मनायो १०० औं वार्षिकोत्सव तथा गलेश्वर बाबाको ५१ औं स्मृति दिवस

देवघाट । असार २ देवघाट गाउँपालिका–५ मा रहेको गलेश्वर आश्रमको शतबार्षिकोत्सव तथा आश्रमका संस्थापक तपस्वी