एमालेको पालिका स्तरीय बैठकहरु आयोजना

Devghat Online

शेयर गरौ

दमौली, असार ३

नेकपा एमाले तनहुँले स्थानीय तहका पालिका स्तरका बैठकहरु आयोजना गरिरहेको छ । संगठन सुदृढिकरण अभियान अन्तर्गत असार १० गते भित्रमा तनहुँका १० वटै स्थानीय तहमा बैठकहरु आयोजना गरिसक्ने एमाले तनहुँको हालैसम्पन्न जिल्ला कमिटिको बैठकले निर्णय गरेको थियो ।

जिल्ला कमिटिको निर्णय अनुसार असार २ गतेबाट सबै पालिकाको बैठक आयोजना भईरहेको एमाले जिल्ला कमिटिका सचिव राजेश्वर ढकालले बताए । हालसम्म असार २ गते म्याग्दे र भिमादमा बैठक आयोजना गरिए भने असार ३ गते आईतबार भानु नगर कमिटिको बैठक आयोजना भयो ।

ढकालका अनुसार असार ४ गते बन्दिपुर, असार ५ गते देवघाट, असार ६ गते शुक्लागन्डकी, आवुँखैरेनी र घिरिङ, असार ८ गते व्यास नगर कमिटि तथा असार ९ गते ऋषिङ गाउँ कमिटिको बैठक आयोजना गरिने छ । एमालेले असार ७ गते भित्र सबै पार्टी सदस्यको लेबी र सदस्यता नविकरण गरिसक्ने निर्णय पनि गरेको छ ।

बैठकमा नेकपा एमालेका केन्द्रिय सदस्य एवं तनहुँ जिल्ला इन्चार्ज तिलकबहादुर महत, केन्द्रिय सदस्य तथा क्षेत्र नम्बर १ की इन्चार्ज भगवती न्यौपाने, केन्द्रिय सदस्य तथा क्षेत्र नम्बर २ की इन्चार्ज सविता रसाईली, जिल्ला कमिटिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ सहित जिल्ला कमिटिका पदाधिकारीहरु तथा प्रदेश कमिटिका सदस्यहरुको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाटमा पालिका स्तरीय अपाङ्ग सञ्जाल गठन तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न

देवघाट । असार ३ देवघाट गाउँपालिकामा अपाङ्गता भएका व्यक्तिहरूको हक, अधिकार र सहभागिता सुनिश्चित गर्ने

गलेश्वर आश्रमले मनायो १०० औं वार्षिकोत्सव तथा गलेश्वर बाबाको ५१ औं स्मृति दिवस

देवघाट । असार २ देवघाट गाउँपालिका–५ मा रहेको गलेश्वर आश्रमको शतबार्षिकोत्सव तथा आश्रमका संस्थापक तपस्वी