बन्दिपुरमा एमालेको बैठक सम्पन्न

Devghat Online

शेयर गरौ

दमौली, असार ४

नेकपा एमाले बन्दिपुर गाउँ कमिटिको विस्तारित बैठक सोमबार बन्दिपुरमा सम्पन्न भएको छ ।

सो बैठकमा प्रमुख अतिथी नेकपा एमालेका केन्द्रिय सदस्य एवं तनहुँ जिल्ला इन्चार्ज तिलकबहादुर महतले पार्टी सुदृढिकरणकोलागि सबै कार्यकर्ताहरु सक्रिय भएर लाग्नु पर्ने बताए ।

नेकपा एमाले बन्दिपुर गाउँ कमिटिका अध्यक्ष सुरेन्द्रबहादुर थापाको अध्यक्षतामा सम्पन्न सो बैठकमा केन्द्रिय सदस्य तथा क्षेत्र नम्बर १ की इन्चार्ज भगवती न्यौपाने, गन्डकी प्रदेश कमिटिका सदस्यहरु इन्द्रबहादुर कुँवर, घनश्याम देवान, जिल्ला सचिवालय सदस्य शंकर रानाभाट लगायतले मन्तव्य राखेका थिए ।

नेकपा एमालेको संगठन सुदृढिकरण अभियान अन्तर्गत उक्त बैठक आयोजना गरिएको हो । बैठकले असार ७ गते भित्र सबै पार्टी सदस्यको लेबी र सदस्यता नविकरण गरिसक्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

डेढगाउँ पुलः नवलपुरतर्फ एप्रोच सडक बन्यो, तनहुँतर्फ काम सुरु नहुँदा यातायात अवरुद्ध

तनहुँ । असोज २० कालीगण्डकी नदीमा आएको बाढीले बगाएको डेढगाउँस्थित पुलको नवलपुरतर्फ अस्थायी सडक निर्माण

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

प्रकाश पन्थद्वारा कांग्रेस केन्द्रीय सदस्य अपाङ्गता क्लस्टरमा उम्मेदवारी

तनहुँ । असोज २० नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश पन्थले नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा