व्यासमा प्रभावकारी बन्दै ‘उपमेयर सँग महिला’ कार्यक्रम

Devghat Online

शेयर गरौ

दमौली, असार ७

तनहूँको व्यास नगरपालिकाले सुरु गरेको उपमेयरसँग महिला कार्यक्रम प्रभावकारी बन्दै गएको छ । व्यास नगरपालिकाका महिलाहरुलाई आर्थिक, स्वास्थ्य, तथा रोजगारी क्षेत्रमा सबल र सक्षम बनाउने उद्देश्यले सञ्चालन गरिएको उपमेयर सँग महिला कार्यक्रम प्रभावकारी बन्दै गएको हो ।

उक्त कार्यक्रम अन्तर्गत रहेको शैक्षिक बेरोजगार महिला हरुलाई उद्यमशिल बनाउने अभियानमा १५ जना महिलाले आफनै व्यवसाय सञ्चालन गरेका छन् । १२ कक्षा पास गरेका १५ जना बेरोजगार महिलाहरुलाई उद्यमशील बनाउने उद्देश्यका साथ नगरपालिकाले ५० हजारका दरले अनुदान प्रदान गरिएको थियो ।

निवेदन परेका शैक्षिक बेरोजगार महिलाहरुको व्यवसायको स्थलगत निरिक्षण गरि अनुदान प्रदान गरिएको महिला बालबालिका अपाङगता तथा ज्येष्ठ नागरिक उपशाखाकी प्रमुख राधा अचार्यले जानकारी दिईन् । उनले भनिन्, ‘उपमेयरको संयोजत्वमा गठिन अनुगमन समितिले दरखास्त परेका महिलाहरुले संचालन गर्न खोजेका व्यवसाय तथा संचालन गरिएका व्यवसायको स्थलगत अनुगमन गरि अनुदान प्रदान गरेका हौं ।’ अनुदान पाउनेमा अधिकांशले कृषि तथा पशु फर्म संचालन गरेका छन् ।

अनुदान पाएकी व्यास–८ मा रहेको अधिकारी पशुपालन तथा कृषि फर्मकी पार्वती पराजुली अधिकारी भन्छिन्, ‘यो कार्यक्रमले हामीजस्ता विपन्न र मध्यम वर्गका महिलाहरुलाई धेरै फाईदा भएको छ । नगरपालिकालाई धेरै धन्यवाद दिन चाहन्छौ ।’ २०७८ असोज ७ गते नगरप्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा बसेको बैठकले शैक्षिक बेरोजगार महिलालाई अनुदान दिन मापदण्ड पारित गरेको थियो । उपमेयरसँग महिला कार्यक्रम अन्तर्गत रहेको गर्भवती महिला पोषण कार्यक्रम मार्फत १ सय ९ गर्भवती महिलालाई पोषण खर्च वापत ५ हजार प्रदान गरिएको छ ।

गर्भवती अवस्थामा महिलाहरुलाई आवश्यक पर्ने पोषण तत्व खरिद गर्न उक्त रकम प्रदान गदै आएको उपप्रमुख ईन्दिरा दरैले बताईन् । त्यस्तै अपाङगता भएका ८ जनालाई आयआर्जन गर्नका लागि बाख्रा वितरण समेत गरिएको उनले जानकारी दिईन् । उपमेयर सँग महिला कार्यक्रम मार्फत महिलालाई आयआर्जनसँग जोडेर उनले कार्यक्रममार्फत विपन्न, एकल, अपाङ्गता भएका र हिंसापीडित महिलाका लागि प्राथमिकता दिँदै लगानी गरिएको बताइन । उनले भनिन्, ‘बालविवाह, बहुविवाह, घरेलु हिंसा जस्ता महिलाका थुप्रै समस्यामा केन्द्रित भएकी छु ।’ त्यस्तै उक्त कार्यक्रम अन्तर्गत महिला प्रजनन स्वास्थ्य कार्यक्रम पनि सञ्चालन हुदै आएको छ ।

नगर प्रमुख न्यौपानलेले उपमेयरसँग महिला कार्यक्रम नमूना परियोजनाका रूपमा अगाडि बढेको बताउँदै यसलाई उत्पादनमा जोड दिँदै स्वरोजगार सिर्जना गरी महिलालाई आत्मनिर्भर बनाउन नगरपालिकाको सहयोग रहने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाट महा–महोत्सव बिथोल्न खोज्नेलाई बिजयकृष्ण मुर्तीको चेतावनीः ‘कसैले अवरोध गर्न खोजे देवघाटमा हिन्दु सेना उतार्छौ’

देवघाट, माघ ५ पशुपतीनाथ परिसरमा गत साउन महिनामा एक महिने कोटीहोम लगाएर चर्चामा आएका बालयोगेश्वर

ब्रह्मलीन गुरुको पुण्यतिथिमा परमानन्द संस्कृत गुरुकुल देवघाटमा विभिन्न कार्यक्रम हुने

देवघाट, माघ ५ राष्ट्रसन्त ब्रह्मलीन अनन्तश्री विभूषित परमानन्द सरस्वती महाराजको २८ औँ वार्षिक पुण्यतिथिको अवसरमा