पुल सन्चालनमा आएपछि सय मिटर छोटियो मुग्लिन–नारयणगढ सडक

Devghat Online

शेयर गरौ

भरतपुर,असार ७

नारायणगढ–मुग्लिन सडक अन्तर्गत सेती दोभानको पुल सञ्चालनमा आएको छ । निर्माणाधीन १५ पुलमध्ये सेती दोभानको पुल सञ्चालनमा ल्याइएको हो ।

पैसठ्ठी मिटर लामो उक्त पुल सञ्चालनमा आएसँगै नारायणगढ–मुग्लिन सडकको दूरी १०० मिटर कम भएको छ । निर्माण सुरु भएको २ वर्षपछि पुल सञ्चालनमा आएको नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का प्रमुख किरण कार्कीले जानकारी दिए ।

पुल निर्माणसँगै सेती दोभानमा घुमाउरो बाटोका कारण सवारीसाधन विस्तारै चलाउनुपर्ने बाध्यता हटेको छ । यो महिनाभित्र लामो बालुवा, डुम्रे, रिग्दी र सिमलताल पुल पनि सञ्चालनमा आउने कार्कीले जानकारी दिए । उद्दका अनुसार यी पुलको फिनिसिङको काममात्र बाँकी रहेको छ ।
१ अर्ब २७ करोड रुपैयाँमा ३ वर्षअघि १५ पुल निर्माण सुरु गरिएको थियो । तीन वर्षका लागि दुई प्याकेज बनाएर ठेक्का लगाइएको थियो ।

कार्कीका अनुसार पुल निर्माणका लागि अनक कन्स्ट्रक्सनलाई थप गरेको एक वर्षको समय यही २०८० पुस मसान्तमा सकिँदै छ । निर्धारित समयमा काम नसकिएपछि १ वर्ष समय थप गरिएको थियो । विश्व बैंकको सहयोगमा सडकखण्डका पुल निर्माण गरिएको हो ।

निर्माणाधीन अन्य ९ पुल दसैँ र तिहारको आसपासमा सञ्चालनमा ल्याउने आयोजनाले जनाएको छ । ती सबै पुलको ढलान भइसकेको कार्कीले जानकारी दिए । मुग्लिन नजिकैको खहरे खोला पुल र तुइन खोला पुलको भने धेरै काम बाँकी छ ।

तुइन खोलामा पहाड फोर्न विस्फोट नै गराउनुपर्ने भएकाले समय लाग्ने देखिएको छ । विस्फोटक पदार्थ खरिद गर्न सरकारले स्वीकृति दिइसकेको छ । यसअघि ४ वटा पुल निर्माण सम्पन्न भएर सञ्चालनमा आइसकेका छन् । नारायणगढ–मुग्लिन सडक भएर दैनिक १० हजारभन्दा बढी सवारीसाधन आवतजावत गर्छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आदिकवि भानुभक्त क्याम्पसमा होटल व्यवस्थापन अध्यापनकोलागि सम्भाव्यता अध्ययन

तनहुँ । असार १५ आदिकवि भानुभक्त क्याम्पसमा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय अन्तर्गत होटल व्यवस्थापन विषय

‘श्वेतशार्दुल’ का लेखक राईलाई ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार–२०८२’ प्रदान

काठमाडौं । असार १४ मदन भण्डारी फाउण्डेसनले यस वर्षको ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार–२०८२’ लेखक तथा

उर्जामन्त्री श्रेष्ठले गरे कालिका कालीगण्डकी जलविद्युत आयोजनाको निरिक्षण

देवघाट । असार १३ उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठले देवघाट गाउँपालिका–५ को साँढेबगरमा निर्माणाधिन

समाजसेवी देवकोटाद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई स्टेशनरी सामग्री सहयोग

विष्णु मगर । देवघाट, असार १३ काठमाडौं निवासी व्यवसायी तथा समाजसेवी सुष्मा देवकोटाले देवघाट गाउँपालिका–४