दमौली, असार १०
शुक्लागन्डकी नगरपालिकाले १ अरव २८ करोड, ३१ लाख ३ हजारको बजेट सार्वजानिक गरेको छ । आईतबार आगामी आर्थिक वर्षको अनुमानित आय व्यय प्रस्तुत गर्दै नगरपालिकाका उपप्रमसुख खुमबहादुर विकले सो बजेट सार्वजानिक गरेका थिए ।



शुक्लागन्डकी नगरपालिकाले आगामी आर्थिक वर्षकोलागि पुर्वाधार विकास, सडक स्तरोन्नती, सर्बसुलभ स्वास्थ्य, गुणस्तरीय शिक्षा, स्वच्छ खानेपानी तथा सरसफाई, संस्कृति प्रबर्द्धन, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणको विकास मार्फत सामाजिक विकासलाई मुख्य प्राथमिकतामा राखेको नगर प्रमुख कृष्णराज पण्डितले बताए ।












