भानुको बजेट १ अरब ७ करोड

Devghat Online

शेयर गरौ

दमौली, असार १०

तनहुँको भानु नगरपालिकाले १ अरव ७ करोड, ३२ लाख ५६ हजारको बजेट सार्वजानिक गरेको छ । आईतबार आगामी आर्थिक वर्षको अनुमानित आय व्यय प्रस्तुत गर्दै नगरपालिकाकी उपप्रमसुख उमा गोतामेले सो बजेट सार्वजानिक गरेकी थिइन् ।

भानु नगरपालिकाले आगामी आर्थिक वर्षकोलागि सर्बसुलभ स्वास्थ्य, गुणस्तरीय शिक्षा, खानेपानी तथा सरसफाई, संस्कृति प्रबर्द्धन, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणको विकास मार्फत सामाजिक विकासलाई मुख्य प्राथमिकतामा राखेको छ ।

यसैगरि कृषि, पशुपालन, पर्यटन, उद्योग तथा वाणिज्य, सहकारी, वित्तीय क्षेत्रको विकास मार्फत आर्थिक विकास, सडक तथा झोलुङ्गे पुल, सिंचाई, भवन तथा शहरी विकास, उर्जा तथा सञ्चार क्षेत्रको विकास मार्फत पूर्वाधार विकास, वन, वातावरण तथा जनसहभागितामा आधारित विपद् व्यवस्थापन, सूचना तथा सञ्चार प्रविधिको पहुँच विस्तार गरी आधुनिक प्रविधिमैत्री सार्बजनिक सेवा प्रवाह सुशासन तथा संस्थागत विकासलाई आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा राखेको नगर प्रमुख आनन्दराज त्रिपाठीले बताए ।

सभाको सुरुमा नगर प्रमुख आनन्दराज त्रिपाठीले आ.व. २०८०÷०८१ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । उक्त नीति तथा कार्यक्रम माथि व्यापक छलफल पछि नगरसभाले सुझाव सहित सर्वसम्मत रूपले पारित गरेको थियो ।

सभामा विधेयक समितिका संयोजक तथा वडा नं ९ का वडाध्यक्ष मीन बहादुर गुरूङले आर्थिक विधेयक २०८० तथा विनियोजन विधेयक २०८० विषयगत समितिको प्रतिवेदन सहित सभामा टेबुल गरेका थिए । भने विषयगत समितिका संयोजकहरूले समितिको वार्षिक प्रगति विवरण पनि प्रस्तुत गरेका थिए । नगरसभामा प्रस्तुत भएका विधेयकहरू र बजेट माथि दफावार छलफलपछि आगामी असार २७ गते बस्ने दोस्रो बैठकबाट पारित गर्ने कार्यक्रम रहेको जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जैविक पर्यटनको उत्कृष्ट गन्तव्य बन्दै चितीखोला ग्रिन हिमालय फार्मस्टे

दमौली, भदौ ३० भानु नगरपालिका–९ चितीखोलामा सन्चालनमा रहेको ग्रिन हिमालय फार्मस्टे जैविक पर्यटनको उत्कृष्ट गन्तव्यको

‘देवघाटमा क्याम्पस खोल्ने विषयमा सबै क्षेत्र सकारात्मक’

देवघाट, भदौ २९ देवघाट गाउँपालिकामा स्नातक क्याम्पस खोल्ने विषयमा सबै सरोकारवालाहरु सकारात्मक रहेको क्याम्पस स्थापना