भिमादको बजेट ६३ करोड ८९ लाख

Devghat Online

शेयर गरौ

दमौली, असार १०

तनहुँको भिमाद नगरपालिकाले आगामी आर्थिक वर्षकोलागि ६३ करोड ८९ लाख ५६ हजार ८७० रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेको छ । आईतबारको १४ औं नगरसभामा नगर उपप्रमुख शारदा खनालले सो बजेट प्रस्तुत गरेकी थिईन् ।

भिमादले आगामी आर्थिक वर्षको लागि पुर्वाधार विकास, सडक स्तरोन्नती, कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी, सिंचाई लाई मुख्य प्राथमिकतमा राखेको छ । गाउँ गाउँमा कृषक समुह गठन गरि कृषकलाई खेतीमा आवद्ध गराउने तथा उत्पादनमा बृद्धि तथा उत्पादित बस्तुको व्यवस्थित बजारीकरणलाई मुख्य प्राथमिकतामा राखेको नगर प्रमुख दधिराज सुवेदीले बताए ।

भिमादले गत आर्थिक वर्षदेखी सडकको नयाँ ट्रयाक खोल्न रोक लगाएको छ । भईरहेको सडकलाई स्तरोन्नती गर्ने कार्यलाई भिमादले प्राथमिकतामा राखेको छ । साथै आमा समुह, युवा क्लव सामुदायिक भवनको निर्माणमा बजेट बिनियोजन कार्यलाई पनि पुर्ण रुपमा रोक लगाईएको नगरप्रमुख सुवेदीले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता

मणिमुकुन्देश्वर चक्रवर्ती आश्रमको साधारण सभा तथा अधिवेशन सम्पन्न, अध्यक्षमा खनाल चयन

रामहरि पुडासैनी । देवघाट, भदौ २५ देवघाट गाउँपालिका–स्थित मणि मुकुन्देश्वर चक्रवर्ती आश्रमको २८ औँ वार्षिक