भिमादको बजेट ६३ करोड ८९ लाख

Devghat Online

शेयर गरौ

दमौली, असार १०

तनहुँको भिमाद नगरपालिकाले आगामी आर्थिक वर्षकोलागि ६३ करोड ८९ लाख ५६ हजार ८७० रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेको छ । आईतबारको १४ औं नगरसभामा नगर उपप्रमुख शारदा खनालले सो बजेट प्रस्तुत गरेकी थिईन् ।

भिमादले आगामी आर्थिक वर्षको लागि पुर्वाधार विकास, सडक स्तरोन्नती, कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी, सिंचाई लाई मुख्य प्राथमिकतमा राखेको छ । गाउँ गाउँमा कृषक समुह गठन गरि कृषकलाई खेतीमा आवद्ध गराउने तथा उत्पादनमा बृद्धि तथा उत्पादित बस्तुको व्यवस्थित बजारीकरणलाई मुख्य प्राथमिकतामा राखेको नगर प्रमुख दधिराज सुवेदीले बताए ।

भिमादले गत आर्थिक वर्षदेखी सडकको नयाँ ट्रयाक खोल्न रोक लगाएको छ । भईरहेको सडकलाई स्तरोन्नती गर्ने कार्यलाई भिमादले प्राथमिकतामा राखेको छ । साथै आमा समुह, युवा क्लव सामुदायिक भवनको निर्माणमा बजेट बिनियोजन कार्यलाई पनि पुर्ण रुपमा रोक लगाईएको नगरप्रमुख सुवेदीले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

ब्रह्मलीन गुरुको पुण्यतिथिमा परमानन्द संस्कृत गुरुकुल देवघाटमा विभिन्न कार्यक्रम हुने

देवघाट, माघ ५ राष्ट्रसन्त ब्रह्मलीन अनन्तश्री विभूषित परमानन्द सरस्वती महाराजको २८ औँ वार्षिक पुण्यतिथिको अवसरमा