नागरिकता विहिनको पिडा जस्ताको तस्तै ‘बिधेयक आयो तर नागरिकता पाईएन’

Devghat Online

शेयर गरौ

दमौली, असार १२

शुक्लागन्डकी नगरपालिका–२ की २२ बर्षिय अन्जली मोक्तान नागरिकताको प्रमाणपत्र लिन सोमबार जिल्ला प्रशासन कार्यालय तनहुँमा आईन् । नागरिकताको लागि आवश्यक काजगपत्रहरु जन्मदर्ता, आमाको नागरिकता, शैक्षिक योग्यताको प्रमाणपत्र र वडा कार्यालयको सिफारिस समेत लिएर वंशजको आधारमा नागरिकता लिन अन्जली जिल्ला प्रशासन कार्यालय आएकी थिइन् । साथमा थिईन् उनकी आमा कुमारी श्रेष्ठ मोक्तान । तर अन्जलीले नागरिकता पाईनन् ।

अन्जलीले नागरिकता लिनकोलागि पाँच वर्षदेखी प्रयास गरिरहेकी छिन् । स्नातक तह तेश्रो वर्षमा अध्ययन गरिरहेकी उनले एसएसली उत्तिर्ण गरेपछि नै नागरिकता बनाउने प्रयास गरिरहेकी थिईन् । यस अघि पछिल्लो पटक ६ महिना अघि नागरिकताको प्रमाणपत्र लिन आएकी उनलाई जिल्ला प्रशासन कार्यालयका कर्मचारीले ‘नागरिकता बिधेयक प्रमाणीकरण नभएको कारण नागरिकता दिन मिल्दैन, बिधेयकलाई राष्ट्रपतीले प्रमाणिकरण गरेपछि लिन आउनु’ भनेर फिर्ता पठाएका थिए । तर अहिले बिधेयक कार्यान्वयन भईसक्दा पनि उस्तै समस्या ।

अघिल्लो संसदले पारित गरेको नागरिकता सम्बन्धी बिधेयकको केही प्रावधान राष्ट्रघाती भएको भन्दै तत्कालिन राष्ट्रपती विद्या भण्डारीले रोकेर राखेकी थिईन् । तर वर्तमान सरकारले उक्त बिधेयक पुनः प्रमाणिकरणको लागि जस्ताको तस्तै वर्तमान राष्ट्रपती रामचन्द्र पौडेल समक्ष सिफारिस गरेकोमा प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको केही घन्टा अघि राष्ट्रपती पौडेलले उक्त बिधेयक प्रमाणिकरण गरेका थिए । तर उक्त प्रमाणिकरणको विरुद्धमा सर्वाेच्च अदालतमा रिट परेर केही दिन रोकिएकोमा सर्वाेच्च अदालतले समेत विधेयक कार्यान्वयनको बाटो खोलिदिएपछि अन्जलीलाई अव नागरिकता पाईने भयो भन्ने ढुक्क थियो ।

आफुसँगै पढेका कतिपय साथीहरु कोही जागिर खाने त कोही बिदेशमा पढ्न समेत गईसकेपछि अन्जलीलाई नागरिकताकै कारण ति सबै काम रोकिएको थियो । यसपटक पक्कै पनि नागरिकता पाईने आशामा आमालाई लिएर आएकी अन्जलीले यसपटक पनि नागकिरता पाईनन् । ‘पहिला नागरिकता बिधेयक नभएकोले दिएनन्, सोमबार जिल्ला प्रशासन कार्यालय तनहुँमा निराश अवस्थामा भेटिएकी अन्जलीले भनिन् ‘अहिले विधेयक आईसक्दा पनि नागकिरता पाईन ।’

उनले नागरिकता नपाउनुमा आफ्नै बाबु मुख्य कारण हुन् । उनी आमाको गर्भमै छँदा उनका बाबु मन मोक्तान वेपत्ता भएका थिए । बाबुको अनुहार समेत देख्न नपाएकी अन्जलीले बाबुको पहिचान नभएको कारणले नै नागरिकता पाउनबाट बन्चित रहँदै आएकी छिन् ।
पछिल्लो पटक प्रमाणिकरण भएको नागरिकता बिधेयकले बाबु बंशजको नागरिकता भएको र आमा अंगिकृत नागरिकता भएकाको सन्तानलाई नेपाली नागरिकता पाउने बाटो खोलेको छ ।

यो प्रावधानले तनहुँमा एक साता याता पाँच जनाले नागरिकताको प्रमाणपत्र पाईसकेका छन् । बाबु नेपाली वंशजको नागरिक र आमा अंगृकित नागरिक भएकाहरुको सन्तानलाई नागरिकता दिन बिधेयकले बाटो खोलेको भएपनि बाबु र आमा दुबै नेपाली भएका अन्जलीहरुलाई भने नागरिकता पाउन समस्या रहेको छ ।

जन्मदर्तामा बाबु र आमा दुबैको नाम उल्लेख भएको तर हाल बाबुको अवस्था अज्ञात भएकाहरुको सन्तानलाई नागरिकता दिने बारेमा बिधेयकले केही नबोलेको सहायक प्रमुख जिल्ला अधिकारी काशिराम गैह्रेले बताए । ‘जन्मदर्तामा बाबुको नाम नभएको भए आमाको नामबाट अन्जलीलाई वंशजको नागरिकता दिन सकिन्थ्यो’ गैह्रेले भने ‘जन्मदर्तामा बाबुको पहिचान भएको तर हाल बाबुको अवस्था अज्ञात भएकाहरुलाई आमाको नामबाट मात्रै नागरिकता दिन बिधेयकमा स्पष्ट व्यवस्था छैन । ’

‘छोरी गर्भमा हुँदा बाबु वेपत्ता भयो, अहिले कहाँ छन्, के गर्दै छन् केही पत्तो छैन’ अन्जलीकी आमा कुमारीले भनिन् ‘छोरीलाई पढाएर जागिर खुवाउने बनाउँछु भन्दा पनि नागरिकता नपाएर समस्या भयो ।’ उनले भनिन् ‘पहिला नागरिकता बिधेयक आएपछि पाउँछ भनेर भुलाए, अहिले कानुनमा कुनै कुरा लेखेको छैन भनेर दिँदैनन् ।’ ‘अव मेरी छोरीले कहिले पनि नागरिकता नपाउने हो ?’ उनले प्रश्न गरिन् ।

आफुले किन नागरिकता नपाउने भनेर अन्जली र उनकी आमाले प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई भेट गरेका थिए । सो क्रममा प्रजिअ रिजालले अन्जलीको बाबुको बारेमा प्रहरी, स्थानीय तह तथा स्थानीय बासिन्दाहरुको मुचुल्का पछि मात्रै नागरिकता दिन सकिने आश्वासन दिएका छन् । (लोकवाणी दैनिकबाट)

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बन्दीपुरमा युनेस्को संघसंस्थाहरुको सवलीकरण र जागरण सम्बन्धी अभिमुखीकरण सम्पन्न

बन्दीपुर, माघ ७ युनेस्को संघसंस्थाहरुको सवलीकरण र जागरण तथा अभिमुखीकरण कार्यक्रम तनहुँको बन्दीपुरमा आइतबार सम्पन्न