ललिता निवास कान्डः सर्वेन्द्रको साहसिक कदम, जसले ठगीमा संलग्नलाई जेल पुर्यायो

Devghat Online

शेयर गरौ

काठमाडौं, असार १२

ललितानिवास जग्गा प्रकरण नेपालको ठुलो भ्रष्टाचार प्रकरण मध्ये एक हो । यसमा संलग्न भएको आरोपमा निर्वाचन आयोगका पुर्व आयुक्त सुधिर शाह, भाटभटेनी सुपरमार्केटका सन्चालनक मिनबहादुर गुरुङ सहित मालपोत कार्यालय, डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, कर्मचारी सुरेन्द्रमान कपाली, धर्मप्रसाद गौतम र हुपेन्द्रमणि केसी मंगलबार पक्राउ परेका छन् । उक्त जग्गा प्रकरणमा पुर्व प्रधानमन्त्री बाबुराम भट्टराई र माधवकुमार नेपाल, पुर्व मन्त्री, अख्तियारका पुर्व प्रमुख आयुक्त देखि उच्चपदस्थ कर्मचारीहरु मुछिएका छन् ।

काठमाडौंको बालुवाटार स्थित ललिता निवासको ११२ रोपनी सरकारी जग्गा गैरकानुनीरुपमा व्यक्तिको नाममा दर्ता भएको घटनाको सम्बन्धमा नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्युरोले अनुसन्धान पुरा गरि गृहमन्त्रालयलाई आफ्नो प्रतिबेदन बुझाएको थियो । २०४७ सालको अन्तरिम सरकारको पालाबाट सुरु भएको सो सरकारी जग्गा हिनामिना प्रकरणमा प्रधानमन्त्रीदेखि मन्त्री हुँदै कर्मचारी र न्यायालयसम्मको सेटिङ मुख्य कारण रहेको तथ्य र प्रमाण रहेको प्रहरीको अनुसन्धान प्रतिबेदन थियो ।

सो सरकारी जग्गा हिनामिनाको घटनाको छानविन र अनुसन्धानको मुख्य कमान्डर तत्कालिन प्रहरी महानिरिक्षक सर्वेन्द्र खनाल थिए । तत्कालिन प्रहरी महानिरीक्षक खनालको कमान्डमा केन्द्रिय अनुन्धान व्युरोले उक्त सरकारी जग्गा हिनामिनाको विस्तृत अनुसन्धान गरेको थियो । सेटिङमा हडपिएको सो जग्गा सरकारकै नाममा फिर्ता ल्याउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि अनुसन्धान गरिरहेको छ ।
सरकारका पूर्वसचिव शारदाप्रसाद त्रितालको अध्यक्षतामा गठित छानबिन समितिको सुझावका आधारमा मन्त्रिपरिषद् बैठकले ललितानिवास जग्गा हिनामिना प्रकरणको छानबिन गर्न र संलग्नमाथि कारबाही गर्न अख्तियार र नेपाल प्रहरीलाई जिम्मा दिएको थियो । उक्त छानविन समिति २०७५ असार १५ गते गठन भई समितिले सोही वर्षको मंसिर २६ गते नेपाल सरकार समक्ष प्रतिबेदन बुझाएको थियो ।

उक्त ललिता निवास प्रकरणको छानविन प्रतिबेदन उपलब्ध गराउने सम्बन्धमा उक्त प्रकरण ठगि तथा लिखित सम्बन्धी कसुरमा मुद्धा दर्ता भई प्रहरीको केन्द्रिय अनुसन्धान व्युरोमा अनुसन्धान गरेको थियो । सो समयमा नेपाल प्रहरीको महानिरिक्षक सर्वेन्द्र खनाल रहेका थिए । तत्कालिन महानिरिक्षक खनालले कुनै राजनीतिक दवाव र प्रभावमा नपरी उक्त जग्गा हिनामिनाको विस्तृत अनुसन्धान पुरा गरेका थिए । जुन प्रतिबेदनको आधारमा प्रहरीले दोषीहरुलाई मुद्धा चलाउने तयारी गरेको थियो ।

खनाल प्रहरी महानिरीक्षक हुँदा उक्त जग्गा हिनामिना प्रकरणमा १ सय १० जनाविरुद्ध पक्राउ पुर्जी जारी गरिएको थियो । तर पछि नेपाली काँग्रेसका सभापती शेरबहादुर देउवाको नेतृत्वको सरकारले उक्त जग्गा ठगी प्रकरणमा आरोपित भएकाहरुलाई मुद्धा चलाउन नपर्ने भन्दै उक्त फाईल बन्द गरेको थियो । सो बन्द भएको फाईल खोलेर सिआइवीले मंगलबार केही अभियुक्तहरुलाई पक्राउ गरेको थियो । उक्त जग्गा हिनामिनाको मुद्धा अदालतमा दर्ता गर्न पाएको भए ललिता निवासका दोषीहरु पहिल्यै जेलमा हुने खनालले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

एसईईमा शतप्रतिशत विद्यार्थी उत्तिर्ण गराउने विद्यालयलाई देवघाटको सम्मान

देवघाट । जेठ ४ देवघाट गाउँपालिकाले एसईई परिक्षा २०८२ मा शतप्रतिशत विद्यार्थी उत्तिर्ण गराउने देवघाटका

द्रुतमार्गको खोकना विवाद समाधान गर्न उपसमितिको पहल

काठमाडौं । जेठ ४ प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिद्वारा गठित ‘राष्ट्रिय गौरवका आयोजना अध्ययन उपसमिति’का संयोजक