देवघाटको मुख्य नाकाहरुमा सिसि क्यामेरा जडान

Devghat Online

शेयर गरौ

देवघाट, असार १२

देवघाटका मुख्य चार वटा नाकामा ८ वटा सिसि क्यामेरा जडान गरिएको छ । देवघाट गाउँपालिका वडा नम्बर ५ को मुख्य बजार तथा मठमन्दिर रहेको क्षेत्रको सुरक्षा व्यवस्थालाई कडाई गर्न र चोरी तथा अन्य अपराधिक घटना नियन्त्रणकोलागि मुख्य नाकाहरुमा सिसि क्यामेरा जडान गरिएको गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले बताए ।

सिसि क्यामेरा जडानकोलागि देवघाट गाउँपालिकाले मुख्य प्राथमिकतामा नै राखेको थियो । मंगलबार देवघाट जोड्ने त्रिशुली नदीको झोलुङ्गे पुलको मुखमा २ वटा, दासढुङ्गाको मोटरेवल पुलमा २ वटा, जुगेडीको झोलुङ्गे पुलमा २ वटा र हर्दिको मोटरेवल पुलमा दुई वटा गरि ८ वटा सिसि क्यामेरा जडान गरिएको वडा नम्बर ५ का वडा अध्यक्ष पुर्णबहादुर कुँवरले बताए ।

४ लाख ५९ हजार ५ सय रुपैयाँको लागतमा उक्त सिसि क्यामेरा जडान गरिएको वडा अध्यक्ष कुवँरले बताए । देवघाटमा पछिल्लो समय मोटरसाईकल चोरी लगायतका अपराधिक घटना हुन थालेपछि स्थानीय बासिन्दाले नाकाहरुमा सिसि क्यामेरा जडान गर्नु पर्ने माग गर्दै आएका थिए । उक्त क्यामेराको मुख्य कन्ट्रोल देवघाट गाउँपालिकामा रहने छ ।

तश्विरहरुः विष्णु पाण्डे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

एसईईमा शतप्रतिशत विद्यार्थी उत्तिर्ण गराउने विद्यालयलाई देवघाटको सम्मान

देवघाट । जेठ ४ देवघाट गाउँपालिकाले एसईई परिक्षा २०८२ मा शतप्रतिशत विद्यार्थी उत्तिर्ण गराउने देवघाटका

द्रुतमार्गको खोकना विवाद समाधान गर्न उपसमितिको पहल

काठमाडौं । जेठ ४ प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिद्वारा गठित ‘राष्ट्रिय गौरवका आयोजना अध्ययन उपसमिति’का संयोजक