तरकारी बजारको सटर भाडा सतप्रतिशत भन्दा बढि बृद्धी, भाडा नतिर्ने व्यवसायीको अडान

Devghat Online

शेयर गरौ

दमौली, असार १२

व्यास नपा–३ स्थित तरकारी बजारमा रहेको कृषि समाग्री कम्पनी लिमिटेडको स्वामित्वको जग्गामा बनाईएको व्यवसायीक सटरहरुको भाडा सतप्रतिशत भन्दा बढि बृद्धि गरिएपछि व्यवसायीहरु आक्रोशित भएका छन् । हालसम्म दैनिक ४ सय रुपैयाँ भाडा तिर्दै आएका व्यवसायीहरु अहिले दैनिक ९ सय रुपैयाँ भाडा बनाईएपछि आक्रोशित भएका हुन् ।

उक्त स्थानका ४३ वटा व्यवसायीक सटरहरु २०६२ सालदेखी पोखराको बतास समुहले टेन्डर मार्फत लिएर तरकारी पसल सन्चालन गर्न भाडामा लगाएको थियो । बतास समुहको टेन्डर मिति गत असार ७ गते सकिएको छ । यस अघि नै कृषि सामाग्री कम्पनी लिमिटेडले नयाँ टेन्डर आह्वान गरेकोमा दिनेश बस्नेतको समुहले मासिक ७ लाख ७७ हजार ७ सय ७७ रुपैयाँ तिर्ने गरि उक्त सटर भाडामा लगाउन टेन्डर पारेका थिए ।

उक्त नयाँ कम्पनीले असार ८ गतेदेखी लागु हुने गरि नयाँ भाडादर कायम गरेको छ । सबै ४३ वटै सटरको दैनिक भाडा ९ सय रुपैयाँ तोकेर असार १५ गतेभित्र सम्झौता गरिसक्न उक्त कम्पनीले व्यवसायीलाई पत्राचार गरेको तरकारी व्यवसायी संघका अध्यक्ष विजय पौडेलले बताए । उक्त कम्पनीले नयाँ सम्झौता गर्दा लाखौं रुपैयाँ धरौटी रकम जम्मा गर्नु पर्ने शर्त राखेको पौडेलले बताए । कम्पनीले व्यवसायीलाई २ प्रकारको धरौटी रकम तोकेको छ । पछि फिर्ता हुने भए ६ लाख रुपैयाँ र फिर्ता नहुने भए ३ लाख ८० हजार रुपैयाँ धरौटी बुझाउनु पर्ने कम्पनीले शर्त राखेको पौडेलले बताए । यस अघि बतास समुहले १० हजार धरौटी रकम लिएर सटर भाडामा लगाएको थियो ।

अहिले देश आर्थिक संकटमा गुज्रेको कारण व्यवसायीहरु ठुलो मारमा परेको अवस्थामा नयाँ कम्पनीले भाडा दरमा ठुलो रकम बृद्धि गरेको र लाखौं रुपैयाँ धरौटी राख्नु पर्ने शर्त राखेपछि तरकारी व्यवसायीहरु मारमा परेका छन् । व्यवसायी पौडेल उक्त कम्पनीले राखेको शर्त अनुसार आफुहरु भाडामा लिन तयार नभएको बताए । २०६२ सालदेखी उक्त स्थानमा व्यवसाय गर्दै आईरहेकोमा अहिले आएर एक्कासी ठुलो रकम भाडामा लगाउने र लाखौं रुपैयाँ धरौटी राख्नु पर्न प्रावधानले व्यवसायी मारमा पर्ने हुँदा उक्त शर्त मानेर भाडामा लिन आफुहरु तयार नभएको बताए । उनले यस विषयमा सबै सरोकारवालाहरुलाई ज्ञापनपत्र बुझाउने बताए ।

यता कम्पनीका प्रतिनिधि तोरण गुरुङले समय सापेक्षरुपमा भाडा बृद्धि गरिएको बताए । उनले व्यवसायीको केही असन्तुष्टि भए आफुहरु दुई पक्ष विच बसेर छलफल गर्न सकिने बताए । यदी कसैलाई भाडामा चित्त नबुझेर सटर खाली गर्न चाहेमा अर्काे व्यक्ति आएर सटर भाडामा लिन सक्ने गुरुङले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आदिकवि भानुभक्त क्याम्पसको प्रशासकीय भवन निर्माणको लागि सम्झौता

दमौली, कार्तिक १३ व्यास नपा–१ स्थित आदिकवि भानुभक्त क्याम्पसमा निर्माण हुने प्रशासकीय भवन निर्माणका लागि

बन्दिपुरमा सयपत्री फूलको व्यवसायी खेती, बजार व्यवस्थापनको मुख्य समस्या

दमौली, कार्तिक १३ बन्दिपुर गाउँपालिका–५ का थुम्काका कृषक तामप्रसाद भट्टले सयपत्री फूलको व्यवसायीक खेती गरेका