मदन जयन्तीको अवसरमा एमाले तनहुँले प्रवचन कार्यक्रम गर्ने

Devghat Online

शेयर गरौ

दमौली, असार १३

जननेता मदन भण्डारीको ७२ औं जन्म जयन्तीको अवसरमा नेकपा एमाले जिल्ला कमिटि तनहुँले भोली असार १४ गते विहिबार दमौलीमा ‘जनताको बहुदलिय जनवादः आजको सान्दर्भिकता’ विषयमा जिल्ला स्तरीय प्रवचन कार्यक्रमको आयोजना गर्ने प्रवचन कार्यक्रम गर्ने भएको छ ।
जिल्ला कार्यालयमा हुने सो कार्यक्रममा नेकपा एमालेका केन्द्रिय, प्रदेश र जिल्ला कमिटिका नेताहरुले सम्बोधन गर्ने छन् । सो कार्यक्रममा सहभागी हुन नेकपा एमाले तनहुँका उपाध्यक्ष हरिराज कंडेलले कार्यकर्ताहरुलाई अनुरोध गरेका छन् ।

वि.सं. २००९ साल असार १४ गते ताप्लेजुङ जिल्लाको ढुंङ्गेसाँघु गाविसको ठोट्ने भन्ने ठाउँमा मदन भण्डारीको जन्म भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

गलेश्वर आश्रमको वार्षिकोत्सव तथा गलेश्वर बाबाको स्मृति दिवस मनाइने

देवघाट । जेठ ३१ देवघाट गाउँपालिका–५ मा रहेको गलेश्वर आश्रमको शतबार्षिकोत्सव तथा आश्रमका संस्थापक तपस्वी

अन्तर्राष्ट्रिय रक्तदाता दिवसमा देवघाटमा १५० जनाको रक्त समूह परीक्षण

देवघाट । जेठ ३१ अन्तर्राष्ट्रिय रक्तदाता दिवस–२०८३ को अवसरमा देवघाटधाम जेसीजको आयोजनामा रक्त समूह परीक्षण