निर्मल माविमा कक्षा ११ मा विज्ञान बिषय पढाई हुने

Devghat Online

शेयर गरौ

दमौली, असार १४

व्यास नगरपालिका–१ भादगाउँ स्थित निर्मल माविमा अबदेखी कक्षा ११ मा विज्ञान विषय पढाई हुने भएको छ । विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिने उद्देश्यले यसै शैक्षिक सत्रदेखी कक्षा ११ मा विज्ञान विषय पढाउने तयारी भएको विद्यालयका प्रअ गणेशचन्द्र बस्नेतले बताए ।

यस अघि कक्षा ११ र १२ मा शिक्षा, व्यवस्थापन, कानुन, सिभिल इन्जिनियरको अध्यपान गराउदै आएको उक्त विद्यालयले अव देखी विज्ञान विषय पढाउने भएको शिक्षक अभिभावक संघका अध्यक्ष हरि शरण खनालले बताए ।

विधाथीहरूको माग अनुसार र भौतिक पुर्वधार पश्चात विज्ञान विषय पढाउने तयारी भएको प्रअ बस्नेतले बताए । आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुले आफ्नो घर नजिकै न्युन शुल्कमा विज्ञान विषय पढाउन लागिएको खनालले बताए ।

वि.सं २०२५ सालमा स्थापना भएको उक्त विद्यालयमा हाल नौ सय भन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका सामग्री खरिद गर्न भिमाद नगरपालिकाको अपिल

तनहुँ । भदौ २ भिमाद नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूले निर्माण तथा उत्पादन गरेका सामग्रीहरूलाई प्राथमिकताका

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो