वृद्धवृद्धा संरक्षण मञ्च गैँडाकोटले गर्यो गुरुकुलका विद्यार्थीहरुको निशुल्क स्वास्थ्य परिक्षण

Devghat Online

शेयर गरौ

बिन्दु वाग्ले
गैँडाकोट, असार १४

वृद्धवृद्धा संरक्षण मञ्च गैँडाकोटले मौलाकालिका मन्दिर धार्मिक सेवा समितिद्वारा सञ्चालित गुरुकुलका विद्यार्थीहरुको निशुल्क स्वास्थ्य परिक्षण गराएको छ । जिल्ला अस्पताल मध्यविन्दुको प्राविधिक सहयोगमा संरक्षण मञ्चले उक्त गुरुकुलमा अध्ययनरत विद्यार्थीहरुको निशुल्क स्वास्थ्य परिक्षण गरेको हो ।

मध्यविन्दु जिल्ला अस्पतालका सुपरिटेन्डेन्ट डा.जितेन्द्र कंडेलको संयोजकत्वमा आएको स्वास्थ्यकर्मिको टोलीले बुधबार मन्दिर परिषरमा पुगी विद्यार्थी र मन्दिरमा आवद्ध अन्य कर्मचारी गरि करिव ६० जनाको स्वास्थ्य परिक्षण गरेको हो । शिविरमा नाक, कान, घाँटी, प्रेसर, सुगर लगायतको परिक्षण गरिएको हो । परिक्षणपश्चात निशुल्क औषधी समेत वितरण गरिएको थियो ।

शिविर सञ्चालन गर्नुअघि गरिएको औपचारिक कार्यक्रममा बोल्दै गैँडाकोट नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष सुरेन्द्रप्रसाद रेग्मीले संरक्षण मञ्चले विद्यार्थीहरुको लागी शिविर सञ्चालन गरेर निकै सराहनिय काम गरेको बताए । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका रेग्मीले संरक्षण मञ्च र मध्यविन्दु जिल्ला अस्पतालले यस्ता प्रकारका कार्यक्रम आयोजना गर्न लागेको खण्डमा वडाले सहयोग गर्ने र नगरपालिकामा समेत सहयोगको लागि पहल गरिदिने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा वृद्धवृद्धा संरक्षण मञ्चका अध्यक्ष काशिनाथ कंडेलले वृद्धको संरक्षणको उद्धेश्यले संस्था स्थापना गरिएपनि वालवालिका पनि वृद्धवृद्धा सरह भएकाले वालवालिकाको स्वास्थ्यलाई मध्यनजर गरेर स्वास्थ्य परिक्षण गरिएको बताए ।

उनका अनुसार संस्थाले जेठमा गैँडाकोट १४ मा वृद्धवृद्धाको स्वास्थ्य परिक्षण गरेको थियो । अध्यक्ष कंडेलले मौलाकालिका मन्दिर परिषरमा कार्यक्रम आयोजना गरिएपनि मन्दिर व्यवस्थापन समितीको शुन्य उपस्थितीप्रति निराशा समेत व्यक्त गरेका थिए ।

सो अवसरमा जिल्ला अस्पताल मध्यविन्दुका सुपरिटेन्डेन्ट डा. जितेन्द्र कंडेलले यसरी सहकार्यमा काम गर्न पाएकोप्रति खुसी व्यक्त गर्दै आगामी दिनमा पनि सहकार्य गरिने बताए ।

कार्यक्रममा गुरुकुल विद्या आश्रम व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद सापकोटाले गुरुकुलका विद्यार्थीहरुको स्वास्थ्यलाई मध्यनजर गरेर कार्यक्रम आयोजना गरेकोप्रति आयोजक टिमलाई धन्यवाद व्यक्त गरे ।

वृद्धवृद्धा संरक्षण मञ्चका अध्यक्ष काशिनाथ कडेलको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाकी उपाध्यक्ष सिता न्यौपानेले उपस्थित सम्पुर्णलाई स्वागत र कोषाध्यक्ष दण्डपाणी सिग्देलले कार्यक्रमको सहजिकरण गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको