मुग्लिन-नारायणगढ सडक अझै खुलेन, पहिरो हटाउने प्रयास जारी

Devghat Online

शेयर गरौ

चितवन, असार १५

सुख्खा पहिरो खसि बाटो अवरोध भएको नारायणगढ-मुग्लिन  सडक अझै सुचारु हुन सकेको छैन । विहिबार बिहान ९:३० बजेको समयमा चितवनको ईच्छाकामना गाउँपालिका- ५ स्थित तिन (३) नम्वर पुलमा माथिबाट सुख्खा पहिरो खसि दुवैतर्फि बाटो अवरोध भएको थियो ।

उक्त स्थानमा सडक विभागसंग समन्वय गरी प्रहरी टोली स्काभेटर र डोजर सहित खटिई पहिरो हटाई उक्त बाटो १०:३० बजेको समयमा सुचारु भएकोमा १:३० बजे पुन: सोही स्थानमा पहिरो झरी दुवैतर्फि बाटो अवरोध भएको थियो ।

बिहीबार दिउँसो देखि नै पहिरो पन्छाउने प्रयास गरिएको भएपनि सफल हुन सकेको थियो । जसका कारण शुक्रबार बिहानसम्म उक्त सडक अबरुद्ध भईरहेको छ । शुक्रबार बिहानैबाट पहिरो हटाउने काम भईरहेको मुग्लिन प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

डेढगाउँ पुलः नवलपुरतर्फ एप्रोच सडक बन्यो, तनहुँतर्फ काम सुरु नहुँदा यातायात अवरुद्ध

तनहुँ । असोज २० कालीगण्डकी नदीमा आएको बाढीले बगाएको डेढगाउँस्थित पुलको नवलपुरतर्फ अस्थायी सडक निर्माण

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

प्रकाश पन्थद्वारा कांग्रेस केन्द्रीय सदस्य अपाङ्गता क्लस्टरमा उम्मेदवारी

तनहुँ । असोज २० नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश पन्थले नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा