मुग्लिन-नारायणगढ सडक अझै खुलेन, पहिरो हटाउने प्रयास जारी

Devghat Online

शेयर गरौ

चितवन, असार १५

सुख्खा पहिरो खसि बाटो अवरोध भएको नारायणगढ-मुग्लिन  सडक अझै सुचारु हुन सकेको छैन । विहिबार बिहान ९:३० बजेको समयमा चितवनको ईच्छाकामना गाउँपालिका- ५ स्थित तिन (३) नम्वर पुलमा माथिबाट सुख्खा पहिरो खसि दुवैतर्फि बाटो अवरोध भएको थियो ।

उक्त स्थानमा सडक विभागसंग समन्वय गरी प्रहरी टोली स्काभेटर र डोजर सहित खटिई पहिरो हटाई उक्त बाटो १०:३० बजेको समयमा सुचारु भएकोमा १:३० बजे पुन: सोही स्थानमा पहिरो झरी दुवैतर्फि बाटो अवरोध भएको थियो ।

बिहीबार दिउँसो देखि नै पहिरो पन्छाउने प्रयास गरिएको भएपनि सफल हुन सकेको थियो । जसका कारण शुक्रबार बिहानसम्म उक्त सडक अबरुद्ध भईरहेको छ । शुक्रबार बिहानैबाट पहिरो हटाउने काम भईरहेको मुग्लिन प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका सामग्री खरिद गर्न भिमाद नगरपालिकाको अपिल

तनहुँ । भदौ २ भिमाद नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूले निर्माण तथा उत्पादन गरेका सामग्रीहरूलाई प्राथमिकताका

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो