दिवंगत इन्जिनियर शर्माका छोराको पठनपाठनका लागि नगरपालिकाले सहयोग गर्ने

Devghat Online

शेयर गरौ

दमौली, असार १७

व्यास नगरपालिकाले दिवगंत इन्जिनियर कमल शर्माका छोराको पठन पाठनकोलागि ३ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय भएको छ । शर्माको असामयीक निधन भएकोमा आईतबार नगरपालिकामा शोक कार्यक्रमको आयोजना गरि आधा दिन बिदा दिएको थियो । शोक सभामा दिवंगत शर्माका छोराको पठनपाठनका लागि नगरपालिकाको तर्फबाट ३ लाख रुपैयाँ सहयोग गर्ने नगरप्रमुख वैकुन्ठ न्यौपानेले प्रतिबद्धता व्यक्त गरेका थिए ।

शर्माको असार १६ गते साँझ निधन भएको थियो । रत्नहरी अस्पताल दमौलीमा असार १३ गते उपचारकोलागि भर्ना भएकोमा अस्पतालले असार १६ गते साँझ मात्र रिफर दिएको थियो । थप उपचारकोलागि पोखरा लगेकोमा उनको बाटोमै मृत्यु भएको थियो ।

नगरपालिका भित्र सन्चालित अस्पतालहरुले दिने सेवा र प्रयोगशालाका प्रति पटक पटक गुनासो आएको, नविकरण र दर्ता नगरि स्वास्थ्य संस्थाहरु सन्चालन  गरिएको सम्बन्धमा ५ दिन भित्र प्रभावकारी अनुगमन गर्ने र आवश्यक सुधारकोलागि सम्बन्धित अस्पतालहरुलाई  सुधार निर्देशन दिने तथा निर्देशन पालन नगरेमा कानुन बमोजिम कारवाही प्रक्रिया अघि बढाउने निर्णय भएको व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदीले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

प्रकाश पन्थद्वारा कांग्रेस केन्द्रीय सदस्य अपाङ्गता क्लस्टरमा उम्मेदवारी

तनहुँ । असोज २० नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश पन्थले नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले