देवघाटमा गुरु पुर्णिमाको अवसरमा गुरुस्मृति महोत्सव गरिने

Devghat Online

शेयर गरौ

देवघाट, असार १७

गुरु पुर्णिमाको अवसरमा सोमबार महेश सन्यास आश्रम देवघाटको आयोजनामा आश्रम परिसरमा छैठौं गुरुस्मृति महोत्सव आयोजना गरिएको छ ।

दुई दिने सो कार्यक्रमको पहिलो दिन असार १८ गते व्यास जयन्ती तथा गुरु पुर्णिमाको दिन गुरु पुजन तथा गुरुतत्व विमर्श कार्यक्रम गरिने महेश सन्यास आश्रमद्वारा सन्चालित महेश संस्कृत गुरुकुलका प्राचार्य फणिन्द्र पौडेलले जानकारी दिए । यसैगरि असार १९ गते गुरु स्मृति सभा तथा सन्त पुजन एवं गुरु भण्डाराको आयोजना गरिने छ ।

आश्रममले ब्रम्हलिन परमपुज्य सन्तशिरोमणी श्री १००८ डा. स्वामी रामानन्द गिरीजी महाराजको स्मृतिमा उक्त कार्यक्रमको आयोजना गरेको हो ।

यस बाहेक सोमबार गुरुपुर्णिमा तथा व्यास जयन्तीको अवसरमा विभिन्न कार्यक्रम गरिने भएको छ । वेदलाई ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार भागमा विभाजन गरी यसको अर्थ बुझाउन सरल संस्कृत भाषामा १८ पुराण र १८ उपपुराणको रचना गर्नुहुने वेदव्यासको जन्म दिन पनि भएको हुँदा व्यास जयन्तीको रुपमा पनि मनाइन्छ ।

आषाढ शुक्ल पूर्णिमाकै दिन वेद व्यास जन्मिएकाले यसै दिन व्यास जयन्ती मनाउने गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जैविक पर्यटनको उत्कृष्ट गन्तव्य बन्दै चितीखोला ग्रिन हिमालय फार्मस्टे

दमौली, भदौ ३० भानु नगरपालिका–९ चितीखोलामा सन्चालनमा रहेको ग्रिन हिमालय फार्मस्टे जैविक पर्यटनको उत्कृष्ट गन्तव्यको

‘देवघाटमा क्याम्पस खोल्ने विषयमा सबै क्षेत्र सकारात्मक’

देवघाट, भदौ २९ देवघाट गाउँपालिकामा स्नातक क्याम्पस खोल्ने विषयमा सबै सरोकारवालाहरु सकारात्मक रहेको क्याम्पस स्थापना