भानु जन्मस्थल ‘रामायण घर’ मा खानेपानीको व्यवस्था

Devghat Online

शेयर गरौ

भानु, साउन ९

आदिकवि भानुभक्त आचार्यको जन्मस्थल रामायण घरमा खानेपानीको सुविधा पु¥याईएको छ । भानुभक्त नगरपालिका, नेपाली सेना तथा स्थानीयको सक्रियतामा भानुको जन्मस्थल रामायण घरमा सोमबार खानेपानी ल्याइएको हो ।

रामायण घरमा खानेपानी नहुँदा गाउँबाट करिब ३ किलोमिटर टाढाबाट पानी बोकेर लैजानुपर्ने बाध्यता थियो । पानी पुगेसँगै त्यहाँ अब पर्यटकीय चहलपहल हुने नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले विश्वास व्यक्त गरे ।

नगर प्रमुख त्रिपाठीको संयोजनमा रामायण घरमा खाती थोकदेखि खानेपानी ल्याइएको हो । नगरपालिकामा रहेको ४ क्वाइल पाइपको प्रयोग गरि सेनाको रुरु भैरव गण र स्थानीयको सहयोगमा खानेपानी ल्याइएको नगर प्रमुख त्रिपाठीले जानकारी दिए ।

उनका अनुसार, भानुको घरमा खानेपानीको सहज पहुँच स्थापना गरिएसँगै पिकनिक तथा अन्य कार्यक्रम गर्नका लागि सहज हुनेछ । रामायण घरमा पर्यटकको चहलपहल गराउने समेत उद्देश्यले खानेपानी व्यवस्थापन गरिएको हो । मंगलबारदेखि यस क्षेत्रमा नेपाल आर्मीको टोलीले सरसफाई अभियान समेत सुरू गर्ने भएको छ ।

‘साहित्यिक एवम् ऐतिहासिक पर्यटकीय गन्तव्यको रुपमा परिचित भानु जन्मस्थलमा खानेपानीको सुविधासँगै पर्यटकको चहलपहल थप बढ्ने विश्वास गरेका छौँ,’ नगर प्रमुख त्रिपाठीले भने ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

एसएलसी परीक्षामा नेपाल प्रथम हुने महेश संस्कृत गुरुकुलका रिमाल र आचार्यलाई ‘विनाजा पुरस्कार’

देवघाट । साउन १७ राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित वि.सं.२०८२ को कक्षा १२ को माध्यमिक शिक्षा

सुनसरी र सिराहा घटनाका मृतक र निम्सदाइ सहित पर्वतारोहीको स्मृतिमा देवघाटमा दीप प्रज्वलन एवं श्रद्धाञ्जली सभा

सफल शर्मा । देवघाट, साउन १७ हालै सुनसरी र सिराहामा भएको घटनामा ज्यान गुमाएका मृतक

देवघाटका भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने प्रक्रिया अघि बढ्यो, सात दिने सार्वजनिक सूचना जारी

देवघाट । साउन १६ जिल्ला भूमि समस्या समाधान समिति, तनहुँले देवघाट गाउँपालिकाबाट प्रमाणीकरण भई आएका