मापसे परिक्षणलाई कडाई गर्दै ट्राफिक प्रहरी, अव मापसे गर्नेले कक्षा लिनुपर्ने

Devghat Online

शेयर गरौ

दमौली, साउन १०

जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले मापसे (मादक पदार्थ सेवन) परिक्षण लाई कडाई गर्न थालेको छ । अव मापसे गर्नेले अनिवार्य कक्षा लिनु पर्ने भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले गत आईतबारबाट मापसे गर्ने सवारी चालकलाई सवारी नियम सम्बन्धी कक्षा लिनु पर्ने व्यवस्था गरेको हो ।

मापसे गर्ने सवारी चालकहरुले साताको दुई दिन आईतबार र बुधबार कक्षा लिने व्यवस्था मिलाईएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख राजिव विष्टले बताए । उनीहरुलाई जिल्ला ट्राफिक प्रहरी कार्यालयमै कक्षा लिने व्यवस्था मिलाईएको छ ।

हालसम्म दुई दिन ३४ जना सवारी चालकलाई सवारी नियम सम्बन्धी सचेतना कक्षा दिईएको विष्टले बताए । मापसे गरेर सवारी चलाएको भेटिए अनिवार्य कक्षा लिनु पर्ने र कक्षा लिईसकेपछि जरिवाना रकम तिरेपछि मात्र आवश्यक काजगात दिईने व्यवस्था मिलाईएको विष्टले बताए ।

ट्राफिक प्रहरीले गत आर्थिक वर्ष ०७९÷०८० मा १७६० वटा मापसे परिक्षणबाट ३५ लाख २० हजार रुपैयाँ राजश्व संकलन गरेको थियो । ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख विष्टले मापसे चेकिङ कार्यलाई जिल्लाभर नै प्राथमिकतामा राखेको भन्दै दुर्घटना तथा जरिवानाबाट बच्न मापसे नगरिकन सवारी चलाउनु पर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच टेलिफोन संवाद, विपिन जोशीको रिहाइका लागि आग्रह

काठमाडौं । फागुन २८ प्रधानमन्त्री केपी शर्मा ओलीले इजिप्टका राष्ट्रपति अब्देल फत्ताह सइद हुसैन खालिलसँग