मापसे परिक्षणलाई कडाई गर्दै ट्राफिक प्रहरी, अव मापसे गर्नेले कक्षा लिनुपर्ने

Devghat Online

शेयर गरौ

दमौली, साउन १०

जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले मापसे (मादक पदार्थ सेवन) परिक्षण लाई कडाई गर्न थालेको छ । अव मापसे गर्नेले अनिवार्य कक्षा लिनु पर्ने भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले गत आईतबारबाट मापसे गर्ने सवारी चालकलाई सवारी नियम सम्बन्धी कक्षा लिनु पर्ने व्यवस्था गरेको हो ।

मापसे गर्ने सवारी चालकहरुले साताको दुई दिन आईतबार र बुधबार कक्षा लिने व्यवस्था मिलाईएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख राजिव विष्टले बताए । उनीहरुलाई जिल्ला ट्राफिक प्रहरी कार्यालयमै कक्षा लिने व्यवस्था मिलाईएको छ ।

हालसम्म दुई दिन ३४ जना सवारी चालकलाई सवारी नियम सम्बन्धी सचेतना कक्षा दिईएको विष्टले बताए । मापसे गरेर सवारी चलाएको भेटिए अनिवार्य कक्षा लिनु पर्ने र कक्षा लिईसकेपछि जरिवाना रकम तिरेपछि मात्र आवश्यक काजगात दिईने व्यवस्था मिलाईएको विष्टले बताए ।

ट्राफिक प्रहरीले गत आर्थिक वर्ष ०७९÷०८० मा १७६० वटा मापसे परिक्षणबाट ३५ लाख २० हजार रुपैयाँ राजश्व संकलन गरेको थियो । ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख विष्टले मापसे चेकिङ कार्यलाई जिल्लाभर नै प्राथमिकतामा राखेको भन्दै दुर्घटना तथा जरिवानाबाट बच्न मापसे नगरिकन सवारी चलाउनु पर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता