दमौली, साउन १७
तनहूँको व्यास नगरपालिका-५ मानुङका ५६ बर्षिय श्रीप्रसाद आलेले भरुवा बन्दुकको गोली हानेर ४७ बर्षिया श्रीमती गिता आलेको हत्या गरेका छन् ।



मंगलबार राती ११ बजे श्रीप्रसादले आफ्नै घरमा सामान्य विवाद हुदा श्रीमतीलाई गोली हानेका थिए । गोली लागि घाइते भएकी गीतालाई उपचारको लागि दमौली अस्पताल ल्याईएकोमा राती १२ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी मोहनबहादुर खाँणले जानकारी दिए ।
श्रीप्रसादलाई राती नै प्रहरीले पक्राय गर्यो । उक्त घटनाको थप अनुसन्धान भईरहेको डिएसपी खाँणले बताए ।