देवघाटमा भुमीको बर्गिकरण सम्पन्न, सबैभन्दा धेरै बन क्षेत्र

Devghat Online

शेयर गरौ

देवघाट, साउन १७

देवघाट गाउँपालिकाले भुमीको बर्गिकरण गर्ने कार्य पुरा गरेको छ । गाउँपालिकाले १० वटा क्षेत्रमा भुमीको बर्गिकरण गरेको हो । भु उपयोगन ऐन २०७६ र नियमावली २०७९ बमोजिम १० वटा क्षेत्रमा भुमीको बर्गिकरण गरिएको गाउँपालिकाका कार्यक्रम अधिकृत कृष्णराज पन्तले बताए ।

बर्गिकरणको तथ्यांक अनुसार देवघाटमा सबैभन्दा धेरै वन क्षेत्र रहेको छ । देवघाटमा ८७७६.३९ हेक्टर क्षेत्रफल वन क्षेत्र रहेको छ । यो कुल क्षेत्रफलको ५५.०४ प्रतिशत हो । त्यसपछि कृषि क्षेत्र ६२०८.६३ हेक्टर रहेको छ । अर्थात कुल क्षेत्रफलको ३८.९४ प्रतिशत कृषि क्षेत्र रहेको छ । त्यसपछि नदी ताल तथा सिमसार क्षेत्र ५७६.१५ हेक्टर रहेको छ । उक्त क्षेत्र ३.६१ प्रतिशत रहेको छ ।

यस्तै आवासीय क्षेत्र २४१.२८ हेक्टर, सार्वजानिक उपयोग क्षेत्र ८९.९३ हेक्टर, व्यवसायीक क्षेत्र ४३.६९ हेक्टर, सांस्कृतिक क्षेत्र ५.६२ हेक्टर, औद्योगिक क्षेत्र २.५९ हेक्टर र सबैभन्दा कम खानी तथा खनिज क्षेत्र १.२२ हेक्टर क्षेत्रफल रहेको कार्यक्रम अधिकृत पन्तले बताए ।

देवघाट गाउँपालिकाले गत आर्थिक वर्षमा भुमीहिन तथा अव्यवस्थित बसोबासीको तथ्यांक संकलन कार्य र चारवटा वडामा जग्गाको नापजाँच कार्य पनि पुरा गरेको छ । पन्तका अनुसार देवघाट गाउँपालिकाभर भुमिहिन दलितको संख्या ४७, भुमिहिन सुकुम्बासीको संख्या १२४ र अव्यवस्थित बसोबासीको संख्या २४६३ रहेको छ । गाउँपालिकाको वडा नम्बर १ बाहेक अन्य वडामा जग्गाको नापजाँच पुरा भईसकेको छ ।

जस अनुसार वडा नम्बर १ मा भुमिहिन दलितको संख्या २०, भुमिहिन सुकुम्बासीको संख्या २० र अव्यवस्थित बसोबासीको संख्या ४५० रहेको छ । त्यस्तै वडा नम्बर २ मा भुमिहिन दलितको संख्या ५, भुमिहिन सुकुम्बासीको संख्या २७ र अव्यवस्थित बसोबासीको संख्या १७६ रहेको छ । त्यस्तै वडा नम्बर ३ मा भुमिहिन दलितको संख्या २०, भुमिहिन सुकुम्बासीको संख्या ४ र अव्यवस्थित बसोबासीको संख्या ८६ रहेको छ ।

त्यस्तै वडा नम्बर ४ मा भुमिहिन दलितको संख्या १, भुमिहिन सुकुम्बासीको संख्या १३ र अव्यवस्थित बसोबासीको संख्या १२० रहेको छ । यसैगरि वडा नम्बर ५ मा भुमिहिन दलितको संख्या २१, भुमिहिन सुकुम्बासीको संख्या ६० र अव्यवस्थित बसोबासीको संख्या १६३१ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

लोककल्याणकारी विज्ञापनका लागि व्यास नगरपालिकाद्वारा सञ्चार माध्यमलाई सूचीकृत हुन आह्वान

तनहुँ । साउन १८ तनहुँको व्यास नगरपालिकाले आ.व.२०८३/०८४ मा लोककल्याणकारी विज्ञापन वितरण कार्यक्रमका लागि स्थानीय

चुनावी प्रतिबद्धता स्मरण गराउँदै फिरफिरेका युवाद्वारा सांसद न्यौपानेलाई बुझाए ध्यानाकर्षण पत्र

तनहुँ । साउन १७ शुक्लागण्डकी नगरपालिका–१२, फिरफिरेका युवाहरूले तनहुँ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य