छोरीलाई विष खुवाई हत्या गरेको आरोपमा ३ वर्ष कैद र ३० हजार जरिवाना

Devghat Online

शेयर गरौ

दमौली, साउन १७

११ बर्षिया छोरीलाई विष खुवाई हत्या गरेको कसुरमा तनहुँ जिल्ला अदालतले पोखरा महानगरपालिका–२४ कास्कीकोटकी २९ बर्षिया सुष्मा विकलाई ३ बर्ष कैद र ३० हजार जरिवाना सजाय तोकेको छ ।

जिल्ला अदादलका न्यायधिश हरिश्चन्द्र ढुङ्गानाको बुधबारको इजलासले सो मुद्धामा अन्तिम आदेश गर्दै सजाय निर्धारण गरेको जिल्ला अदालतका फाँटवाला सुन्दर तिवारीले जानकारी दिए ।

सुष्माले २०७७ माघ १९ गते दिउँसो आवुँखैरेनी गाउँपालिका–२ खानिखोला स्थित न्यु लिगलिग प्यालेस एण्ड लजमा बास बस्ने क्रममा आफुले विष सेवन गरि छोरीलाई समेत विष सेवन गर्न बाध्य बनाई अचेत रहेको अवस्थामा होटल सन्चालकले भेटी तत्कालै उपचारकोलागि चितवनको भरतपुर स्थित पुरानो मेडिकल कलेजमा लगेकोमा छोरी कुसुम विकको सोही दिन मृत्यु भएको थियो ।

सुष्माको भने उपचार पश्चात निको भएको थियो । सो घटनामा आरोपितका पति मनोज विकले २०७७ माघ २५ गते सुष्माको विरुद्ध जाहेरी दिएका थिए । सुष्मालाई प्रहरीले २०७८ साउन ३० गते गिरफ्तार गरेको थियो । उनको विरुद्धमा जिल्ला सरकारी वकिल कार्यालयले २०७८ भदौ १६ गते जिल्ला अदालतमा कतव्र्य ज्यान सम्बन्धी मुद्धा दर्ता गरेको थियो । सुष्मा भदौ १८ गते देखी पुर्पक्षकोलागि कारागारमा थिईन् । उनी हाल तनहुँ जिल्ला कारागारमा थुनामा छिन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अनलाइन मिडिया र सामाजिक सञ्जालमा भ्रामक र तथ्यहित सामाग्री नराख्न सरकारको चेतावनी

काठमाडौं । बैशाख ९ सरकारले अनलाइन मिडिया तथा सामाजिक सञ्जालमा अपुष्ट, भ्रामक र तथ्यहीन सामग्री