दमौली, साउन २१
नेपाली काँग्रेस तनहुँले साउन महिनाभर विशेष आन्तरिक अभियान चलाउने भएको छ । नेपाली कांग्रेस जिल्ला कार्यसमितिको आइतबार बसेको विशेष बैठकले पार्टीको केन्द्रिय कार्य समितिको यही २०८० श्रावण २० गते देखी ३० गतेसम्म विशेष आन्तरीक अभियान चलाउने निर्णय अनुसार तनहुँमा पनि उक्त अवधीमा विशेष आन्तरिक अभियान चलाउने निर्णय गरेको छ ।



सो अभियानको लागि केन्द्रिय प्रतिनिधिका रुपमा केन्द्रिय सदस्य नानु बास्तोलालाई खटाई पठाइएकोले जिल्ला कार्य समितिको विशेष बैठकले निर्धारण गरेका तनहुँका प्रतिनिधि सभा क्षेत्रीय समिति, प्रदेश सभा क्षेत्रीय समिति, पालिका कार्यसमिति, वडा समिति र टोल समितिको विस्तारित बैठक राखी सम्वन्धित समितिको समाधान गरी कमी कमजोरीलाई सच्चाएर पार्टीका सदस्य तथा जनप्रतिनिधिहरुलाई परिचालन गरी पार्टीको आन्तरिक संगठन सुद्धृढ गर्न आवश्यक कार्यक्रमहरु सन्चालन गर्ने निर्णय गरेको छ ।
बैठकले क्षेत्र नम्बर २ को बैठक साउन २३ गते खैरेनीटारमा, क्षेत्र नम्बर १ को बैठक २४ गते डुम्रेमा गर्ने निर्णय गरेको छ । यस्तै क्षेत्र नम्बर २ (ख) को प्रदेश सम्मेलन साउन २५ गते भिमादमा क्षेत्र नम्बर २ (क) को प्रदेश सम्मेलन साउन २२ गते खैरेनीटारमा, क्षेत्र नम्बर १ (ख) को सम्मेलन साउन २९ गते डुम्रेमा र क्षेत्र नं. १ (क) को सम्मेलन साउन २७ गते दमौलीमा गर्ने निर्णय गरेको नेपाली काँग्रेस तनहुँका प्रवक्ता हरि वाग्लेले जानकारी दिएका छन् ।
पार्टी जिल्ला सभापति जीत प्रकाश आलेको सभापतित्वमा सम्पन्न सो बैठकमा केन्द्रिय सदस्य तथा सांसद शंकर भण्डारी, केन्द्रिय सदस्य ध्रुव वाग्ले, केन्द्रिय सदस्य एवं केन्द्रिय प्रतिधि नानु बास्तोला, संविधान सभा सदस्य नेता रामचन्द्र पोख्रेल लगाएत गण्डकी प्रदेश समितिका सदस्य, पार्टीका पूर्व सभापतिहरुको विशेष उपस्थिति रहेको थियो ।












