दमौली, साउन २२
क्रिकेट संघ (क्यान) तनहुुँको अध्यक्षमा मदन तिमल्सेना निर्वाचित भएका छन् । क्रिकेट संघ तनहुँको सोमबार बन्दिपुरमा सम्पन्न वार्षिक साधारण सभा तथा दोश्रो अधिवेशनबाट तिमिल्सेना अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।
त्यसैगरि संघको उपाध्यक्षमा अर्जुनकुमार श्रेष्ठ, सचिवमा अमित कैनी, कोषाध्यक्षमा मनोजकुमार सुवर्णकार चयन भएका छन् । त्यस्तै सदस्यहरुमा ताराराम श्रेष्ठ, सुदिप शर्मा, सुमनराज नहर्की, नरेश के.सी., मोहनराज गुरुङ र अतिशकुमार खड्का चयन भएका छन् ।
पछिल्लो समयमा क्रिकेटले नेपाललाई विश्वमा चिनाउन धेरै मद्धत गरेकोले तनहूँमा पनि क्रिकेटको राम्रो वातावरण बनाउन र निर्माणाधिन क्रिकेट मैदानहरु पुरा गर्ने लक्ष्यतिर अगाडि बढ्न आफ्नो समितिले भरमग्दुर काम गर्ने नवनिर्वाचित अध्यक्ष तिमल्सेनाले बताए ।