क्रिकेट संघ तनहुँमा तिमिल्सेना

Devghat Online

शेयर गरौ

दमौली, साउन २२

क्रिकेट संघ (क्यान) तनहुुँको अध्यक्षमा मदन तिमल्सेना निर्वाचित भएका छन् । क्रिकेट संघ तनहुँको सोमबार बन्दिपुरमा सम्पन्न वार्षिक साधारण सभा तथा दोश्रो अधिवेशनबाट तिमिल्सेना अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।

त्यसैगरि संघको उपाध्यक्षमा अर्जुनकुमार श्रेष्ठ, सचिवमा अमित कैनी, कोषाध्यक्षमा मनोजकुमार सुवर्णकार चयन भएका छन् । त्यस्तै सदस्यहरुमा ताराराम श्रेष्ठ, सुदिप शर्मा, सुमनराज नहर्की, नरेश के.सी., मोहनराज गुरुङ र अतिशकुमार खड्का चयन भएका छन् ।

पछिल्लो समयमा क्रिकेटले नेपाललाई विश्वमा चिनाउन धेरै मद्धत गरेकोले तनहूँमा पनि क्रिकेटको राम्रो वातावरण बनाउन र निर्माणाधिन क्रिकेट मैदानहरु पुरा गर्ने लक्ष्यतिर अगाडि बढ्न आफ्नो समितिले भरमग्दुर काम गर्ने नवनिर्वाचित अध्यक्ष तिमल्सेनाले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भर्ना अभियानलाई आकर्षक बनाउन आदिकवि भानुभक्त क्याम्पसमा भिडियो निर्माण प्रतियोगिता हुने

तनहुँ । साउन १३ त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त तथा विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर प्रत्यायनकृत (क्युएए)

ढोरफिर्दीमा रासायनिक मलको हाहाकारः ५ किलोका दरले बाँड्दा पनि पुगेन

तनहुँ । साउन १३ शुक्लागण्डकी नगरपालिकाको ढोरफिर्दीस्थित साना किसान कृषि सहकारी संस्थामा रासायनिक मलको चरम

शुक्लागण्डकीमा भूमिसम्बन्धी सेवा सञ्चालन गर्नेबारेमा सरोकारवालासँग छलफल

तनहुँ । साउन १३ शुक्लागण्डकी नगरपालिकाले नगर क्षेत्रभित्रै भूमिसम्बन्धी सेवा सञ्चालन गर्ने तयारीलाई तीव्र बनाएको