पुलमा तोडफोड गर्नेलाई कारवाही गर्न एमालेको माग

Devghat Online

शेयर गरौ

दमौली, साउन २६

नेकपा एमाले भिमाद नगर कमिटि र ऋषिङ गाउँ कमिटिले भिमाद नगरपालिका–५ र ऋषिङ गाँउपालिका–८ जोड्ने फेदीखोलाको पक्की मोटरवेल पुलमा तोडफोड गर्नेहरुलाई कारवाही गर्न माग गरेको छ ।

एमाले भिमाद नगर कमिटि र ऋषिङ गाउँ कमिटिले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाई उक्त घटनामा संलग्नलाई कारवाहीको माग गरेको हो ।

गण्डकी प्रदेश सरकारको योजनामा निर्माण सम्पन्न भएको भीमाद नगरपालिकाको–५ र रिसिङ गाँउपालिका– ८ जोड्ने फेदीखोलाको पक्की मोटरवेल पुलको मिती २०७८ फागुन २९ गते गण्डकी प्रदेश सरकारका तत्कालिन आर्थिक मामिला तथा योजना मन्त्री माननीय किरण गुरुङले उद्घाटन गरेका थिए ।

उद्घाटनको क्रममा राखिएको शिलालेखलाई केही उच्छुच्खल व्यक्तिहरुले गत श्रावण १७ गते राती तोडफोड गरिएको घटनाप्रति गम्भिर ध्यानाकर्षण गराँउदै एमालेले उक्त उच्छुङखल तत्वको खोजी गरि कारवाही गर्न जिल्ला प्रशासन कार्यलयसँग माग गरिएको भीमाद नगर कमिटीका अध्यक्ष ईमानसिंह थापा र ऋषिङ गाउँ कमिटिका अध्यक्ष गन्जसिंह गुरुङ द्धारा जारी विज्ञप्तीमा जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

खेल भावनालाई राष्ट्रियतासँग नजोड्न प्रधानमन्त्रीलाई एमाले नेतृ न्यौपानेको सुझाव

काठमाडौं । जेठ ३१ नेकपा एमालेकी केन्द्रीय सदस्य भगवती न्यौपानेले खेल भावनालाई राष्ट्रियतासँग जोड्ने काम