देवघाट गाउँपालिकासँग मिलेर काम गर्ने चाहाना छः सांसद डा. वाग्ले

Devghat Online

शेयर गरौ

देवघाट, साउन २६

प्रतिनिधि सभाका सांसद डा.स्वर्णिम वाग्लेले विकास निर्माणको सवालमा देवघाट गाउँपालिकासँग समन्वय र सहकार्य गरेर काम गर्ने चाहाना रहेको बताएका छन् । सांसद वाग्लेसँग शुक्रबार देवघाट गाउँपालिकासँग आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा बोल्दै सांसद वाग्लेले विकास निर्माणको लागि गाउँपालिकासँग सहकार्य र समन्वय गरिने बताए ।


संघीय सरकार र स्थानीय तहको समन्वय बिना कुनै पनि योजना सार्थक नहुने सांसद वाग्लेको भनाई छ । विकासमा अन्य स्थानीय तह भन्दा देवघाट पछाडी परेको भन्दै उनले देवघाटलाई विकासको मुलधारमा ल्याउने प्रतिबद्धता जनाए । देवघाटमा राष्ट्रिय गौरबको आयोजना ल्याउने र देवघाटलाई धार्मिक पर्यटनको केन्द्र बनाउने बारेमा आफुले पहल गर्ने सांसद वाग्लेले बताए ।

सो कार्यक्रममा देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले देवघाटलाई धार्मिक पर्यटनको केन्द्र बनाउने गरि कार्यक्रम र बजेट ल्याउन सांसद वाग्लेसँग अनुरोध गरेका थिए ।
देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाको अध्यक्षता भएको सो कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष भुवन सिंह गुरूङले पनि भनाई राखेका थिए ।

सो कार्यक्रममा देवघाट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदी, वडा नम्बर ५ का अध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता पुर्णबहादुर कुँवर लगायत जनप्रतिनिधि र कर्मचारीहरुको सहभागिता रहेको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता