देवघाटबासीसँग सांसद वाग्लेः ‘देवघाटलाई धार्मिक पर्यटनको केन्द्र बनाउँछु’

Devghat Online

शेयर गरौ

देवघाट, साउन २६

प्रतिनिधि सभा तनहुँ क्षेत्र नम्बर १ का सांसद डा. स्वर्णिम वाग्ले शुक्रबार देवघाट गाउँपालिका आए । देवघाटका जनतासँग भेटघाट र अन्तरक्रिया कार्यक्रमको लागि सांसद वाग्ले देवघाट आएक थिए । सांसद वाग्लेसँग देवघाटबासीलाई भेट गराउन र अन्तरक्रिया गराउन राष्ट्रिय स्वतन्त्र पार्टीले राम्रै तयारी गरेको थियो । रास्वपा देवघाटका संयोजक बलबहादुर क्षेत्री र अन्य कार्यकर्ताहरु अन्तरक्रिया कार्यक्रमलाई सफल बनाउन एक साता अघि देखी खटेका थिए ।

सांसद वाग्लेसँग भेट्न, आफ्ना कुरा राख्न र सांसदका कुरा सुन्न देवघाट गाउँपालिकाको सिटि हलमा देवघाटबासीको बाक्लो उपस्थिती रहेको थियो । उक्त कार्यक्रममा उपस्थित देवघाटबासीले देवघाटको विकास निर्माण र अन्य समस्याहरुको बारेमा सांसद वाग्लेको ध्यानाकर्षण गराएका थिए ।

सो अवसरमा सांसद वाग्लेले पनि देवघाटको विकास निर्माणको बारेमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाएका थिए । उनले देवघाटलाई धार्मिक पर्यटनको केन्द्र बनाउन आफुले पहल गर्ने बताए ।
संघीय सरकार र स्थानीय तहको समन्वय बिना कुनै पनि योजना सार्थक नहुने सांसद वाग्लेको भनाई छ । विकासमा अन्य स्थानीय तह भन्दा देवघाट पछाडी परेको भन्दै उनले देवघाटलाई विकासको मुलधारमा ल्याउने प्रतिबद्धता जनाए । देवघाटमा राष्ट्रिय गौरबको आयोजना ल्याउने पहल गर्ने सांसद वाग्लेले बताए ।

सो अवसर ३५ जना भन्दा बढी देवघाटबासीले समसामयिक विषयमा सांसद वाग्लेको ध्यानाकर्षण गराएको राष्ट्रिय स्वतन्त्र पार्टी देवघाटका संयोजक बल बहादुर क्षेत्रीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता