भर्जन कालिका मन्दिरलाई सहयोग प्राप्त

Devghat Online

शेयर गरौ

देवघाट, साउन २६

देबघाट गाउँपालिका–५ मा निर्माणाधिन भर्जन कालिका मन्दिरको पुनःनिर्माणको लागि सहयोग प्राप्त भएको छ । देवघाटका विभिन्न व्यक्तिहरुले मन्दिरको निर्माणमा सहयोग गरेका छन् ।

वडा नम्बर ५ स्थित सुन्दरबस्ती टोल विकास संस्थाका अध्यक्ष तथा बुद्धिजिबी परिषद तनहुँका कोषाध्यक्ष एवं कालिका माबिका विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष डा. सुरेन्द्रप्रसाद श्रेष्ठले समस्त पितृहरूको मोक्षको कामनाका लागि भर्जन कालिका मन्दिर पुनः निर्माणको लागि १ लाख १ हजार १ सय ११ रुपैयाँ दिने घोषणा गरेका छन् । सो रकम मध्ये श्रेष्ठले २१ हजार १ सय ११ रूपैयाँ मन्दिर परिवारलाई हस्तान्तरण गरेका छन् । बाँकी रकम पनि चाँडै नै उपलब्ध गराउने श्रेष्ठले प्रतिबद्धता जनाएको मन्दिर पुननिर्माण समितिका अध्यक्ष केशवचन्द्र न्यौपानेले जानकारी दिएकाछन् ।

यसैगरि उक्त मन्दिर पुननिर्माण कार्यकोलागि भरतपुर महानगरपालिका वडा नम्बर २९ का निवर्तमान वडा अध्यक्ष मन बहादुर रानाले पितृहरूको उद्धारकोलागि ५१ हजार १ सय ५५ रुपैयाँ नगद प्रदान गरेका छन् ।

त्यस्तै देबघाट गाउँपालिका–५ निवासी गजबिर आलेले ११ हजार १ सय ५५ तथा सुकबहादुर घन्तानाले ११ हजार १ सय ५५ रुपैयाँ प्रदान गरेको अध्यक्ष न्यौपानेले जानकारी दिए । अध्यक्ष न्यौपानेले मन्दिर पुननिर्माणकोलागि सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै अन्य व्यक्ति तथा संघ संस्थालाई पनि सहयोगको लागि अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भरतपुरको कमलादेवी मन्दिरमा शिव, पार्वतीको प्राणप्रतिष्ठा एवं पुजन महोत्सव हुने

चितवन, फागुन ३ भरतपुर मनपा–११ स्थित कमलादेवी मन्दिर प्राकृतिक आरोग्य केन्द्रमा यही फागुन ५ गतेदेखी

उपप्रधानमन्त्री पौडेल र नगर प्रमुख आचार्यलाई उच्च निगरानीमा उपचार गर्नुपर्छः कीर्तिपुर अस्पताल

काठमाडौं, फागुन ३ कीर्तिपुर अस्पतालले उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा नगरका प्रमुख धनराज

सरकारले ल्याएको अध्यादेश पारित हुन्छः सञ्चारमन्त्री

काठमाडौं, फागुन ३ सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकारले ल्याएका अध्यादेशहरू पारित हुने

मोटरसाइकल दुर्घटना हुँदा त्रिशूलीमा बेपत्ता भएका रोहित अझै भेटिएनन्

चितवन, फागुन ३ शुक्रबार नारायणगढ–मुग्लिङ सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा त्रिशूलीमा बेपत्ता भएका रोहित राना अहिलेसम्म