भर्जन कालिका मन्दिरलाई सहयोग प्राप्त

Devghat Online

शेयर गरौ

देवघाट, साउन २६

देबघाट गाउँपालिका–५ मा निर्माणाधिन भर्जन कालिका मन्दिरको पुनःनिर्माणको लागि सहयोग प्राप्त भएको छ । देवघाटका विभिन्न व्यक्तिहरुले मन्दिरको निर्माणमा सहयोग गरेका छन् ।

वडा नम्बर ५ स्थित सुन्दरबस्ती टोल विकास संस्थाका अध्यक्ष तथा बुद्धिजिबी परिषद तनहुँका कोषाध्यक्ष एवं कालिका माबिका विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष डा. सुरेन्द्रप्रसाद श्रेष्ठले समस्त पितृहरूको मोक्षको कामनाका लागि भर्जन कालिका मन्दिर पुनः निर्माणको लागि १ लाख १ हजार १ सय ११ रुपैयाँ दिने घोषणा गरेका छन् । सो रकम मध्ये श्रेष्ठले २१ हजार १ सय ११ रूपैयाँ मन्दिर परिवारलाई हस्तान्तरण गरेका छन् । बाँकी रकम पनि चाँडै नै उपलब्ध गराउने श्रेष्ठले प्रतिबद्धता जनाएको मन्दिर पुननिर्माण समितिका अध्यक्ष केशवचन्द्र न्यौपानेले जानकारी दिएकाछन् ।

यसैगरि उक्त मन्दिर पुननिर्माण कार्यकोलागि भरतपुर महानगरपालिका वडा नम्बर २९ का निवर्तमान वडा अध्यक्ष मन बहादुर रानाले पितृहरूको उद्धारकोलागि ५१ हजार १ सय ५५ रुपैयाँ नगद प्रदान गरेका छन् ।

त्यस्तै देबघाट गाउँपालिका–५ निवासी गजबिर आलेले ११ हजार १ सय ५५ तथा सुकबहादुर घन्तानाले ११ हजार १ सय ५५ रुपैयाँ प्रदान गरेको अध्यक्ष न्यौपानेले जानकारी दिए । अध्यक्ष न्यौपानेले मन्दिर पुननिर्माणकोलागि सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै अन्य व्यक्ति तथा संघ संस्थालाई पनि सहयोगको लागि अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता