प्रस्तावित संघीय शिक्षा ऐन संशोधनको माग गर्दै स्थानीय तहमा धर्ना

Devghat Online

शेयर गरौ

देवघाट, साउन २८

संघीय शिक्षा ऐन संशोधनको माग गर्दै नेपाल शिक्षक महासंघको आह्वानमा आइतबार शिक्षकहरुले जिल्लाका सबै स्थानीय तहमा धर्ना दिएका छन् । शिक्षकहरु दोस्रो दर्जाको पेशाकर्मिको रुपमा रहेको अवस्थामा अहिले आउन लागेको ऐनमा अझै शिक्षकको ब्यबस्थापन वर्तमान अवस्था भन्दा पनि अझ कमजोर हुने गरी प्रस्ताव तयार गरिएको थाहा हुन् आएकोले समयमै सरकारलाई ऐनको प्रस्तावित बुदाँहरु सच्याउन देशब्यापी रुपमा आन्दोलन गरिएको शिक्षकहरुले बताएका छन् ।

शिक्षकलाई निजामती कर्मचारी सरह ब्यबस्था गरिनु पर्ने र नयाँ शिक्षा ऐन अनुसार शिक्षकको नियुक्ति, बढुवा, सरुवा सबै स्थानीय तहलाई दिदा सो उपयुक्त नहुने भन्दै सो को बिरोधमा धर्ना दिईएको भएको नेपाल राष्ट्रिय शिक्षक संगठन तनहुँका अध्यक्ष रघुनाथ पण्डितले बताए ।

 

साबिक उच्च माबीमा कार्यरत शिक्षकलाई एक पटक उमेर हद हटाई प्रतिस्पर्धा गर्ने अबसर दिनु पर्ने, शिक्षक कर्मचारीले न्यून बेतनमा काम गरिरहेको हुँदा न्युनतम तलब स्केल अनुसार सेवा सुबिधा दिनु पर्ने, शिक्षकहरुलाई विशिष्ट श्रेणी समेत ब्यबस्था गरी बढुवा ब्यबस्थापन गरिनु पर्ने, आवधिक बढुवाको ब्यबस्था गरिनु पर्ने, सो कुरा ऐनमा कतै उल्लेख भएको नपाईएको हुदाँ बाध्यताले आन्दोलन गर्नु परेको नेपाल राष्ट्रिय शिक्षक संगठन शुक्लागण्डकीका अध्यक्ष बोधराज ढकालले बताए ।

प्रस्तावित शिक्षा ऐनमा २०७५ चैत्र ४ पछी नियुक्त हुने शिक्षकको लागी नियुक्ति भएका शिक्षकहरुको निबृतिभरणको ब्यबस्था नभएको हुँदा यो ऐन लागु हुन् पुर्व नियुक्त शिक्षकको निबृतिभरण पुरानो ब्यबस्था अनुसार हुनु पर्ने ब्यबस्था ऐनमा ब्यबस्था गरिनु पर्ने ढकालले बताए ।

अहिले संघिय शिक्षा ऐनको मस्यौदाका नाममा सामाजिक सन्जालमा विभिन्न विचारहरु सार्वजनिक भैरहेका अवस्थामा सम्बन्धित सबै सरोकार राख्नेहरुमा ध्यानाकर्षण हुनु स्वभाविकै हो । लामो प्रतीक्षा पछि आउन लागेको नयाँ संघिय शिक्षा ऐनले सबै पक्ष स्थायी, राहत, वालविकास उमावि अनुदान, विद्यालय कर्मचारी, सिकाई अनुदान शिक्षक तथा अभिभावक, विद्यार्थीहरुका जायज माग सम्बोधन गरी राज्यमा गुणस्तरीय शिक्षाको मार्ग तय गर्न सक्नू पर्ने नेपाल राष्ट्रिय शिक्षक संगठन तनहुँका अध्यक्ष सिद्धान्त गर्जा मगरले बताए ।

विगतमा नेपाल शिक्षक महासंघ र सरकारविच भएका पेशागत तथा शैक्षिक सवालहरु अक्षरस संघिय शिक्षा ऐनको मस्यौदामा समावेश गरिएको नदेखिदैन र सरकारले शिक्षा र शिक्षक माथी गर्न खोजेको प्रहार प्रति हामी संसकित भएको थापाले बताए ।

 

नेपाल शिक्षक महासंघ तनहुँले संघिय शिक्षा ऐनको मस्यौदा प्रति विमती राख्दै यसका विरुद्धमा केन्द्रवाट परीपत्र भए बमोजिम तनहुँ जिल्ला अन्तर्गत १० वटै पालिकामा संयोजकहरु तोकी आन्दोलन परिचालन समिती समेत गठन गरेका छन् । केन्द्रको निर्देशन बमोजिम आईतबार जिल्लाका सबै स्थानीय तहमा धर्ना कार्यक्रम राखिएको शिक्षक महासंघ तनहुँका अध्यक्ष रामचन्द्र पोख्रेल (आरसी) ले बताए ।

पुर्ब सम्झौता अनुसार ३० बुदेँ र ५१ बुदेँ माग सहित शिक्षक महासघले हाल शिक्षा ऐन संसोधित प्रस्ताव राज्यबाट सम्बोधन नभए यसबाट उत्पन्न हुने परिणाम प्रति सरकार स्वयम जिम्बेवार रहने शिक्षकहरुले जनाएका छन् । शिक्षकहरुको आन्दोलनलाई शिक्षकका संघ संगठन, राहत शिक्षक संघर्ष समिति, बाल बिकास शिक्षक प्रतिनिधिहरु, विद्यालय शिक्षक कर्मचारी परिषद प्रतिनिधिहरुले पनि ऐक्यबद्धता जनाएका छन् ।

शिक्षक आन्दोलन परिचालन समिति देवघाटका संयोजक बैकुण्ठ भट्टराईको नेतृत्वमा आईतबार देवघाटमा पनि शिक्षकहरुले धर्ना दिएका थिए । धर्ना पश्चात शिक्षकहरुले प्रमुख प्रशासकीय अधिकृत मार्फत सरकारलाई ज्ञापनपत्र बुझाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बन्दीपुरलाई राष्ट्रिय रुपमा परिचित गराउन तीज सप्ताहन्न उत्सव सफलः सांसद न्यौपाने

बन्दीपुर, भदौ २२ राष्ट्रिय सभाकी सांसद एवं राष्ट्रिय सभामा सत्तापक्षकी प्रमुख सचेतक भगवती न्यौपानेले तनहुँको