आबुँखैरेनी, साउन ३०
आँबुखैरेनी गाउँपालिकाले सन्चालन गरेको आबूँखैरेनी अस्पतालबाट अव मृगौलाको डायलासिस सेवा पनि सुरु गरिने भएको छ । त्यसकोलागि अस्पताललाई तिन थान डायलासिस मेसिन प्राप्त भएको छ ।



उक्त अस्पतालबाट डायलाइसिस सेवा प्रदान गर्ने भनि चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित भएको थियो । सोही अनुसार गाउँपालिकाका अध्यक्ष शुक्र चुमानको विशेष पहलमा डायलासिस मेसिन ल्याईएको छ । गाउँपालिकाका अध्यक्ष चुमान र वडा नम्बर ३ का वडा अध्यक्ष दिनेश केसीको पहल तथा समन्वयमा ३ थान डायलाइसिस मेसिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयवाट प्राप्त भएको गाउँपालिकाले जनाएको छ ।
साथै डायलासइसिस सम्बन्धी तालिमको लागि आँबुखैरेनी अस्पतालवाट सम्बन्धीत निकायमा आवश्यक स्वास्थ्यकर्मी पठाइसकेको अस्पतालले जनाएको छ ।