विश्वासको मत निर्लज्जताको पराकाष्ठा, कानुनी बाटो प्रयोग गर्छौैंः पूर्वमुख्यमन्त्री कार्की

Devghat Online

शेयर गरौ

बिराटनगर, भदौ ४

कोशी प्रदेशका पुर्व मुख्यमन्त्री एवं एमाले संसदीय दलका नेता हिक्मत कार्कीले प्रदेशसभाको अध्यक्षता गर्ने सांसदको मत प्रयोग गरेर मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत पाएको घटना निर्लज्जताको पराकाष्ठा भएको टिप्पणी गरेका छन् ।

प्रदेश सभाको बैठकपछि कार्कीले सञ्चारकर्मीहरुसँग कुरा गर्दै संविधान र कानुनको उल्लंघनले पराकाष्ठा नाघेको बताए । ’हाम्रो आपत्ति छ । हामी संविधान र कानुनको बाटो प्रयोग गर्छौं’ कार्कीले भने,’केन्द्रीय गठबन्धनको नाममा प्रदेश गठबन्धनले जुन काम गरेरको छ यो निर्लज्जताको पराकाष्ठा हो ।’ उनले संविधान उल्लंघनको अनुपम नमुना भएको उल्लेख गर्दै अब यो सरकारले गर्ने कुनै पनि काम बदर हुने दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

गलेश्वर आश्रमको वार्षिकोत्सव तथा गलेश्वर बाबाको स्मृति दिवस मनाइने

देवघाट । जेठ ३१ देवघाट गाउँपालिका–५ मा रहेको गलेश्वर आश्रमको शतबार्षिकोत्सव तथा आश्रमका संस्थापक तपस्वी

अन्तर्राष्ट्रिय रक्तदाता दिवसमा देवघाटमा १५० जनाको रक्त समूह परीक्षण

देवघाट । जेठ ३१ अन्तर्राष्ट्रिय रक्तदाता दिवस–२०८३ को अवसरमा देवघाटधाम जेसीजको आयोजनामा रक्त समूह परीक्षण