मानवअधिकारकर्मी टेकनाथ बरालको निधन

Devghat Online

शेयर गरौ

पोखरा, भदौ १२

पोखरामा रही मानव अधिकार तथा सामाजिक न्यायका सवालमा विगत ५ दशकदेखि निरन्तर क्रियाशील मानव अधिकारकर्मी टेकनाथ बरालको ८५ वर्षको उमेरमा मंगलबार निधन भएको छ ।

स्व. बराल सशस्त्र द्वन्द्वको समयमा पोखरामा स्थापना भएको नागरिक समाजको सञ्जालका एकजना संस्थापक तथा पूर्व संयोजकका साथै महिला विरुद्धको हिंसा, दाइजो विरोधी अभियान, असमानता तथा कुरीतिविरुद्धका सामाजिक पहलका साथै विभिन्न किसिमका विभेदविरुद्ध क्रियाशील थिए ।

सशस्त्र द्वन्द्वका क्रममा भएका मानव अधिकार तथा मानवीय कानुनको उल्लंघनका घटनाको अनुगमन, लोकतन्त्रको स्थापनाका लागि भएको आन्दोलन, द्वन्द्वपीडितका अधिकारका सवालमा उनले महत्वपुर्ण भूमिका निर्वाह गरेका थिए ।

इन्सेकका संस्थापक महासचिव प्रकाश काफ्लेको स्मृतिमा स्थापना गरिएको प्रकाश मानव अधिकार पुरस्कारबाट २०६२ सालमा उनलाई इन्सेकले सम्मानित गरेको थियो । बरालको निधन प्रति इन्सेकले दुख व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आबुँखैरेनीले सामुदायिक तथा सस्थांगत विद्यालयमा निशुल्क भर्ना गर्ने

तनहुँ । चैत ७ आबुँखैरेनी गाउँपालिकाले आगामी शैक्षिक सत्रमा सामुदायिक तथा संस्थागत विद्यालयमा निशुल्क भर्ना

एसइई परिक्षा सुरु

तनहुँ । चैत ७ माध्यमिक शिक्षा परिक्षा (एसइई) विहिबारबाट सुरु भएको छ । परिक्षा बिहान

स्वावलम्बन लघुवित्तले ३६ जना महिला सदस्यलाई दियो बाख्रापालन सम्बन्धी तालिम

तनहुँ । चैत ७ स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड डुम्रे शाखाको आयोजनामा तीन दिने व्यावसायिक

जिल्ला खेलकुद विकास समिति चितवन र पुष्पाञ्जली हस्पिटलबीच खेलाडीको उपचारमा छुटको सम्झौता

देवघाट अनलाइन चितवन, चैत ७ । चितवन जिल्लाका खेलाडी तथा परिवारको उपचार खर्चमा पुष्पाञ्जली हस्पिटलले