दमौली, भदौ १४
बन्दिपुर गाउँपालिका–६ काफलस्वाँराका ३५ बर्षिय मुक्ति गुरुङको अमेरिकाको टेक्सासमा सवारी दुर्घटनामा मृत्यु भएको छ । बुधबार राति टेक्सासमा भएको सवारी दुर्घटनामा परि गुरुङको मृत्यु भएको हो ।
नेपाली काँग्रेस तनहुँका पुर्व जिल्ला सदस्य तथा बन्दिपुर गाउँपालिका वडा नम्बर ६ का पुर्ब वडा अध्यक्ष सन्त बहादुर गुरुङका छोरा मुक्ती लामो समय कोरिया बसाई पश्चात डिभि परेर अमेरिका पुगेका थिए ।