एमसीसी परियोजना कार्यान्वयन हुँदै, तनहुँमा जग्गा अधिग्रहणकोलागि सुचना प्रकाशन

Devghat Online

शेयर गरौ

दमौली, भदौ १४

एमसीसी परियोजना कार्यान्वयनको क्रममा तनहुँमा विद्युत प्रशारण लाइनको लागि जग्गा अधिग्रहण कार्य सुरु भएको छ । एमसीसी परियोजना कार्यान्वय अन्तर्गत जिल्ला प्रशासन कार्यालय तनहुँले गत मंगलबार गोरखापत्र दैनिकमा जग्गा अधिग्रहण सम्बन्धी सुचना प्रकाशन गरेको छ ।

प्रशासनले नेपाल सरकार र मिलेनियम च्यालेञ्ज अकाउन्ट नेपाल विकास समिति (एमसीए–नेपाल) द्वारा सन्चालित ४०० केभी विद्युत प्रशारण लाईन आयोजना अन्तर्गत नुवाकोटको रातमाटेदेखि नयाँ दमौली सबस्टेसन र नयाँ दमौली सबस्टेसनदेखि नयाँ बुटबल सबस्टेसन खण्डमा पर्ने जग्गा अधिग्रहणको प्रक्रिया अगाडि बढाएको हो । एमसीए–नेपालले तनहुँको आँबुखैरेनी, बन्दीपुर, ऋषिङ्ग र घिरिङ गाउँपालिका तथा व्यास नगरपालिको वडा नम्बर १३ र १४ का क्षेत्रमा पर्ने जग्गा र स्थायी संरचना अधिग्रहणका लागि मुआब्जा तथा क्षतिपूर्ति दाबी गर्न आग्रह गरेको हो ।

सुचना प्रकाशित भएको मितिले २१ दिन भित्र सरोकारवाला व्यक्तिले प्राप्त गरिने जग्गामा घर टहरा, बालिनाली र रुख विरुवा समेत भए सो को समेत मुआब्जा तथा क्षतीपुर्ती लिन रितपुर्वक जिल्ला प्रशासन कार्यालय तनहुँमा निबेदन दिन जिल्ला प्रशासन कार्यालय तनहुँले प्रकाशित गरेको सार्वजानिक सुचनामा उल्लेख गरिएको छ ।

सुचना प्रकाशित भएको मितिदेखी नै अधिग्रहण गरिने जग्गाहरु रोक्का रहने हुँदा त्यस क्षेत्रमा कुनै पनि संरचना बनाउने वा थप्ने काम नगर्न पनि प्रशासनले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बाढी पीडितको सम्झना र घाइतेको स्वास्थ्य लाभको कामना गर्दै देवघाटमा सामूहिक गीतापाठ गरिने

देवघाट । भदौ २१ भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण, बेपत्ता

देवघाट कलेजको विकास र भावी योजनाबारे बृहत् छलफल, साझा सम्पत्तिका रूपमा अघि बढाउन जोड

देवघाट । भदौ २१ देवघाटमा उच्च शिक्षाको अवसर सुनिश्चित गर्ने उद्देश्यले स्थापित देवघाट सामुदायिक कलेजको