देवघाटमा मनाईयो पुस्तकालय दिवस

Devghat Online

शेयर गरौ

देवघाट, भदौ १५

तनहूँको देवघाटमा पनि पुस्तकालय दिवस मनाईएको छ । १६ औं राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा देवघाट सार्वजानिक पुस्तकालय तथा देवघाट सामुदायिक सिकाई केन्द्रको संयुक्त आयोजनामा शुक्रबार देवघाटमा पुस्तकालयको महत्वको बारेमा अन्तरक्रिया कार्यक्रम आयोजना गरियो ।

‘पुस्तौं पुस्ताका लागि पुस्तकालय’ भन्ने मुल नाराका साथ आयोजित सो कार्यक्रममा देवघाट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीले देवघाटको महत्व झल्कने गरि पुस्तकालय सन्चालन गर्नु पर्ने बताए । उनले उनले आगामी आर्थिक वर्षको बजेटमा पुस्तकालयलाई सहयोग पुग्ने गरि बजेट विनियोजन गर्ने बताए ।

सो कार्यक्रममा बोल्ने अन्य वक्ताहरुले देवघाट जस्तो धार्मिक तथा ऐतिहाँसिक महत्व बोकेको ठाउँमा पुस्तकालयको अझ बढि महत्व भएको बताए । देवघाटको पुस्तकालयमा पुर्विय संस्कृतीको महत्व बुझाउने पुस्तकहरु राख्नु पर्ने वक्ताहरुको भनाई थियो । देवघाटको पुस्तकालयलाई बृहत अनुसन्धान केन्द्रको रुपमा विकास गर्नु पर्नेमा वक्ताहरुको जोड थियो । साथै वक्ताहरुले हाल निर्माणाधिन देवघाट सार्वजानिक पुस्तकालयको भवन निर्माणमा सबैले सहयोग गर्नु पर्नेमा पनि जोड दिए ।

देवघाट सामुदायिक सिकाई केन्द्रका अध्यक्ष जयकृष्ण सुवेदीको अध्यक्षतामा आयोजित सो कार्यक्रममा वडा नम्बर ५ का वडा सदस्य बुद्धिबहादुर पाण्डे, नेकपा एमालेका देवघाटका अध्यक्ष केशवचन्द्र न्यौपाने, देवघाट सार्वजानिक पुस्तकालयका अध्यक्ष शिवराज पौडेल लगायतले पुस्तकालयको महत्वको बारेमा मन्तव्य राखेका थिए ।

सो अवसरमा वडा नम्बर ५ का वडा सदस्य बुद्धिबहादुर पाण्डेलाई पुस्तकालयका अध्यक्ष पौडेलले आजिवन सदस्यताको प्रमाणपत्र प्रदान गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको

पत्रकार महासङ्घ तनहुँद्वारा जिससमार्फत् स्थानीय तहलाई ज्ञापनपत्र

तनहुँ । बैशाख १५ सरकारी विज्ञापन वितरणसम्बन्धी हालैको निर्णयविरुद्ध नेपाल पत्रकार महासङ्घ तनहुँले जिल्ला समन्वय