म्याग्दे गाउँपालिकाका कर्मचारीले मागे निजामती सरहको सेवा सुविधा

Devghat Online

शेयर गरौ

दमौली, भदौ १९

म्याग्दे गाउँपालिकामा कार्यरत कर्मचारीहरुले निजामति कर्मचारीहरु सरहको सेवा सुविधाको माग गरेका छन् । हाल मन्त्रिपरिषदबाट पारित भई संसदमा पेश गर्न तयारी गरिएको संघीय निजामति सेवा ऐनको मस्यौदामा स्थानीय तहमा कार्यरत कर्मचारीहरुको मानमर्दन गरिएको र बिभेदपूर्ण मस्यौदा तयार भएको ठम्याई सहित म्याग्दे गाउँपालिकामा कार्यरत स्थानीय तहका कर्मचारीहरुले अन्य निजामती कर्मचारी सरह सेवा सुविधा हुनु पर्ने माग गरेका हुन् ।

म्याग्दे गाउँपालिकामा कार्यरत कर्मचारीको तर्फबाट मंगलबार संयुक्त प्रेस बिज्ञप्ती जारी गरि उक्त माग गरिएको हो । कर्मचारीहरुले आफ्नो माग प्रमुख प्रशासकीय अधिकृत जितबहादुर राना समक्ष पेश गरेका छन् । कर्मचारी बुद्धिसागर खनाल सहितको टोलीले प्रमुख प्रशासकीय अधिकृत रानालाई उक्त ध्यानाकर्षण पत्र बुझाएका थिए ।

संघीय लोकतान्त्रिक शासन व्यवस्थाको माध्यमबाट दिगो शान्ति, सुशासन र समृद्धिको आकांक्षा पूरागर्न शासन प्रणालीको प्रशासनिक संरचनामा तीनै तहका कर्मचारीको अत्यन्तै महत्वपूर्ण भूमिका रहेको भन्दै विज्ञप्तिमा बर्तमान परिस्थितिमा २०८० भदौ ४ गते मनाईदै आएको निजामति सेवा दिवस भाद्र २२ गते मनाउने भनि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट ७५३ वटै स्थानीय तहलाई परिपत्र गरेको सन्र्दभमा स्थानीय तहमा कार्यरत कर्मचारीहरुलाई निजामति कर्मचारीको परिभाषामा नसमेटिएको हुँदा स्थानीय तहमा कार्यरत कर्मचारीहरुले प्राकृतिक रुपमा समेत निजामति दिवस मनाउन उपयुक्त नदेखिएको जनाईएको छ । सोही कारण म्याग्दे गाउँपालिकाका कर्मचारीले भदौ २२ गते मनाइदै आएको निजामति सेवा दिवस बहिष्कार गर्ने पनि विज्ञप्ति मार्फत जनाएका छन् । सो दिन कर्मचारीहरुले बिरोध स्वरुप कालोपट्टी बाँध्ने निर्णय पनि गरेका छन् ।

संघीय निजामति सेवा ऐन नभई एकिकृत निजामति सेवा ऐन हुनुपर्ने, स्थानीय तहमा कार्यरत कर्मचारी पदोन्नती भई संघ र प्रदेश निजामति सेवामा सेवा प्रवेश हुँदा सेवा अवधि गणना हुनुपर्ने, प्रदेश र संघीय निजामति सेवाको माथिल्ला तहको आन्तरिक प्रतिस्पर्धामा समावेशहुन पाउनुपर्ने, स्थानीय तहका संम्पूर्ण कर्मचारीको सेवा निबृत्त हुँदाको रकमको सुनिश्चितता हुनुपर्ने माग कर्मचारीहरुले गरेका छन् ।

त्यसैगरी संघ, प्रदेश र स्थानीय तहका कर्मचारीहरुको सेवा सुविधा तथा वृत्ति विकास सम्बन्धमा विभेद नभई समान हुनुपर्ने, स्थानीय सेवामा कार्यरत कर्मचारीको पूर्ण सुरक्षाको प्रत्याभूति हुनुपर्ने, हाल सन्चालनमा रहेका निजामति अस्पतालमा सबै सरकारी कर्मचारीहरुलाई समेटनुपर्ने र तत्काल सेवा लिन पाउने सुनिश्चितता गरिनुपर्ने लगायतका कर्मचारीहरुले माग पनि म्याग्देका कर्मचारीले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको

पत्रकार महासङ्घ तनहुँद्वारा जिससमार्फत् स्थानीय तहलाई ज्ञापनपत्र

तनहुँ । बैशाख १५ सरकारी विज्ञापन वितरणसम्बन्धी हालैको निर्णयविरुद्ध नेपाल पत्रकार महासङ्घ तनहुँले जिल्ला समन्वय