विष्णु पाण्डे
देवघाट, भदौ २१
देवघाटधाम जेसीजको आयोजनामा जारी जेसीज सप्ताहः २०२३ अन्तर्गतको दोश्रो दिन विहिबार सदस्यहरुकोलागि उत्प्रेरणा तालिमको आयोजना गरियो ।
सो अवसरमा सहभागीहरुलाई नेपाल जेसीज–२०२१ का राष्ट्रिय उपाध्यक्ष जेसी अनुज जोशीले उत्प्रेरणा सम्बन्धी प्रशिक्षण दिएका थिए ।
देवघाटधाम जेसीजका संस्थाका संस्थापक अध्यक्ष जेसी बिकास सापकोटाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रम देवघाट गाउँपालिकाका प्रवक्ता एवम् वडा नम्बर ५ का अध्यक्ष पूर्ण बहादुर कुँवरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
सो कार्यक्रममा वडा नम्बर–५ सदस्यहरु कमला गुरूङ, सरस्वती परियार, याम बहादुर मगर लगायत तथा जेसीजका सदस्यहरुको उपस्थिती रहेको थियो ।