निजामती सेवा दिवसमा देवघाटमा अन्तरक्रिया, उत्कृष्ट कर्मचारी र पहिलो सेवाग्राहीलाई सम्मान

Devghat Online

शेयर गरौ

देवघाट, भदौ २२

निजामती सेवा दिवस–२०८० को अवसरमा विहिबार देवघाटमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरियो । स्थानीय तहका केही कर्मचारीले उक्त दिवस बहिष्कार गरेपनि गाउँपालिकाको आयोजनामा सभाहलमा अन्तरक्रिया तथा सम्मान कार्यक्रमको आयोजना गरिएको थियो ।

सो कार्यक्रममा गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापा, उपाध्यक्ष भुवनसिंह गुरुङ, प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदी, वडा नम्बर ५ का अध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता पुर्णबहादुर कुँवर लगायतले निजामती सेवा दिवसको महत्वको बारेमा मन्तव्य राखेका थिए ।

सोही कार्यक्रममा उत्कृष्ट कार्य सम्पादन गर्ने गाउँपालिकाका तिन जना कर्मचारीलाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा धर्मार्थ अस्पतालमा कार्यारत अनमी पुष्पादेवी बराम, सव– इन्जिनियर श्यामसुन्दर सुवेदी र धर्मार्थ अस्पतालको कार्यालय सहयोगी पुनम थापा रहेका छन् । उनीहरुलाई गाउँपालिकाका अध्यक्ष थापा, उपाध्यक्ष गुरुङ र प्रमुख प्रशासकीय अधिकृत सुवेदीले सम्मान गरेका थिए ।

त्यस्तै गाउँपालिकाका भित्रका दुई वटा उपभोक्ता समितिलाई पनि सम्मान गरिएको थियो । सम्मानित हुनेमा वडा नम्बर १ को पशुपन्छी विकास केन्द्रका अध्यक्ष देव बहादुर गुरूङ र वडा नम्बर २ को करादिप टोल विकास संस्थाका अध्यक्ष गोम बहादुर मगर रहेका छन् ।

त्यसैगरि गाउँपालिकामा सेवा लिन आउने पहिलो सेवाग्राहीलाई पनि सम्मान गरिएको थियो । प्रमुख प्रशासकीय अधिकृत सुवेदीले पहिलो सेवाग्राही देवघाट–५ निवासी राजु लामालाई खादा ओढाएर सम्मान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल

राष्ट्रिय परिचयपत्र वितरण सहज बनाउन प्रजिअ तिवारीलाई रास्वपा तनहुँको ध्यानाकर्षण

तनहुँ । साउन २१ राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय तनहुँमा बिहानैदेखि लाग्ने सर्वसाधारणको अनियन्त्रित

भिमादमा एआई प्रविधिसहितको छाती एक्स–रे शिविर सम्पन्न, २४ जनामा क्षयरोगको लक्षण

तनहुँ । साउन २१ तनहुँको भिमाद नगरपालिकामा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा आधारित छातीको एक्स–रे परीक्षण