विष्णु पाण्डे
देवघाट, भदौ २२
देवघाटमा एम्बुलेन्स सेवा सुरु भएको छ । रेडक्रस सोसाइटी देवघाट उपशाखाले देवघाटका जनताको समस्यालाई मध्यनजर गर्दै विहिबारदेखि एम्बुलेन्स सेवा सञ्चालन गरेको हो ।



विहिबार नेपाल रेडक्रस सोसाइटी उपशाखा देवघाटका सभापति गोविन्द न्यौपानेको अध्यक्षतामा आयोजित कार्यक्रममा देवघाट वडा नम्बर ५ का वडा अध्यक्ष पूर्णबहादुर कुँवरको प्रमुख आतिथ्यतामा नेपाल रेडक्रस सोसइटी तनहुँका जिल्ला सदस्य कृष्ण न्यौपाने लगायतको उपस्थितिमा एम्बुलेन्स सेवा सञ्चालन गरिएको हो ।
रेडक्रस उपशाखा देवघाटले यस अघि देखी नै एम्बुलेन्स सेवा सञ्चालन गर्दै आएकोमा उक्त एम्बुलेन्स प्रत्यक्ष रुपमा देवघाटबासीले पूर्ण रूपमा लाभ नपाइरहेको गुनासो कारण यस समस्यालाई मध्यनजर गर्दै देवघाट रेडक्रस उपशाखाले अब देवघाटबाट नै एम्बुलेन्स सेवा सन्चालन गरि देवघाटबासीलाई सेवा दिने भएको हो । यस अघिको एम्बुलेन्स भरतपुर केन्द्रित रहेको थियो ।
देवघाटबाट नै एम्बुलेन्स सेवा उपलब्ध गराउने भएपछि त्यसको भाडादर पनि कायम गरिएको छ । रेडक्रसले नारायणगढ र भरतपुरका विभिन्न अस्पतालसम्म जान वा आउन एकतर्फी भाडा दर कायमन गरेको छ । जस अनुसार देवघाटको वडा नम्बर ५ को देउपुर देखि दासढुङ्गा सम्मका बासिन्दालाई एकतर्फी भाडा दर दिउँसोको समय १ हजार र रातको समय १५ सय कायम गरिएको छ ।
त्यसैगरि वडा नम्बर ५ कै साउने देखि साँढ़ेबगर सम्मका बासिन्दालाई दिउसोको समय १३ सय र रातको समयमा २ हजार, वडा नम्बर १ कोटाको सम्मका बासिन्दालाई दिउसोको समयमा २५ सय र रातको समयमा ३५ सय भाडा दर कायम गरिएको छ ।
त्यस्तै नारायणगढ–मुग्लिन सडक खण्डको १७ किलो सम्मको भाडा दर दिउँसोको समयमा १ हजार र रातको समयमा १५ सय नारायणगढ मुग्लिन सढक खण्डको गाईघाटसम्मको भाडा दिउँसोको समय १२ सय र रातको समयमा २ हजार तोकिएको छ भने नारायणगढ मुग्लिन सडक खण्डकै घुमाउने सम्मको भाडा दिउँसोको समयमा १५ सय र रातको समयमा २५ सय तोकिएको छ ।