सत्यवतीकी सदिक्षाले चुमिन् व्यास नगर साइनिङ स्टारको उपाधी

Devghat Online

शेयर गरौ

दमौली, भदौ २३

व्यास नगर साइनिङ स्टार–२०२३ को उपाधि सत्यवती माविकी छात्रा सदिक्षा रानामगरले चुमेकी छिन् । जेसिआई व्यास नगरले आयोजना गरेको साइनिङ स्टार–२०२३ को शुक्रबार राती सम्पन्न भएको फाईनल प्रतियोगितामा सहभागी १९ जना प्रतिस्पर्धीलाई पछि पार्दै रानाले उक्त उपाधि चुम्न सफल भएकी हुन् ।

उपाधि बिजेता रानाले २५ हजार २३ नगद पुरस्कार तथा प्रमाणपत्र प्राप्त गरेकी छन् । त्यसैगरी आभा श्रेष्ठ फस्ट रनरअप तथा सदिक्षा थापा मगर सेकेण्ड रनरअप भईन् । उनीहरुले क्रमश १५ हजार २३ र १० हजार २३ नगद पुरस्कार र प्रमाणपत्र प्राप्त गरे । सो प्रतियोगितामा १० बर्ष माथिका र १५ बर्ष मूनिका दुई बालक सहित बीस जना बालबालिका सहभागि भएका थिए ।

बालबालिकाको प्रतिभा प्रस्फुटनका लागि जेसिआई व्यास नगरले उक्त प्रतियोगिताको आयोजना गरेको हो । बालबालिकाको नेतृत्व विकास, शारीरिक तन्दुरुस्ती कला संस्कृति लगायतका क्षेत्रमा जोड दिदै आएको जेसी आई व्यास नगरका महासचिव सुनिल श्रेष्ठले जानकारी दिए ।

बालबालिकाहरुलाई विभिन्न प्रशिक्षकबाट एक महिनासम्म तालिम प्रदान गरी प्रतियोगितामा सहभागि गराइएको थियो । सो कार्यक्रममा व्यास नगरप्रमुख बैकुण्ठ न्यौपाने जेसिआई व्यास नगरका अध्यक्ष राजु राना लगायतकाले बिजयी प्रतियोगीहरुलाई पुरस्कार र प्रमाणपत्र प्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल

राष्ट्रिय परिचयपत्र वितरण सहज बनाउन प्रजिअ तिवारीलाई रास्वपा तनहुँको ध्यानाकर्षण

तनहुँ । साउन २१ राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय तनहुँमा बिहानैदेखि लाग्ने सर्वसाधारणको अनियन्त्रित

भिमादमा एआई प्रविधिसहितको छाती एक्स–रे शिविर सम्पन्न, २४ जनामा क्षयरोगको लक्षण

तनहुँ । साउन २१ तनहुँको भिमाद नगरपालिकामा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा आधारित छातीको एक्स–रे परीक्षण