दमौली, भदौ २३
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले एमसीसी विरोधी हरेक आन्दोलनमा पार्टीको ऐक्यबद्धता र समर्थन रहने बताएको छ ।
व्यास नपा १३ का बासिन्दाले एमसिसि परियोजना कार्यान्वयनकोलागि जग्गा अधिग्रहण सम्बन्धि जिल्ला प्रशासनको सुचना प्रति असहमती जनाउँदै आफ्नो जग्गा अधिग्रहण गर्न नदिने भनि सम्बन्धित निकायमा बुझाएको ज्ञापनपत्र प्रति समर्थन गर्दै क्रान्तिकारी कम्युनिष्ट पार्टी व्यास नगर समितिले एमसीसी विरोधी हरेक अभियानर र आन्दोलन प्रति पार्टीको ऐक्यबद्धता रहने जनाएको छ ।
तनहुँ जिल्लाको आवुँखैरेनी, बन्दिपुर, ऋषिङ, घिरिङ गाउँपालिका तथा व्यास नगरपालिकाका वडा नम्बर १२, १३ र १४ मा एमसिसि परियोजना अन्तर्गतको रातमाटे दमौली बुटवल ४०० केभी प्रशारण लाईन र सो सो टावर बन्ने भएको छ ।
व्यास नपा १३ काजिचौतारमा गगनगौंडा हाईड्रोपावरको नाममा २१० रोपनी खेतीयोग्य जमिन अधिग्रहण गरि एमसीसी परियोजनाको ४०० केभी प्रशारण लाईनको सभस्टेशन निर्माण गर्न लागिएको छ ।
सो प्रशारण लाइनमा पर्ने व्यास १३ का बासिन्दाले अधिग्रहणको नीति प्रति असहमती जनाउँदै प्रशारण लाईनकोलागि आफुहरुको खेतीयोग्य जमिन उपलब्ध नगराउने चेतावनी दिँदै व्यास नगरपालिका, जिल्ला प्रशासन कार्यालय र जिल्ला समन्वय समितिमा ज्ञापनपत्र बुझाएका छन् ।
व्यास १३ का एमसिसिको जग्गा अधिग्रहण सरोकार समितिले गर्ने आन्दोलन र दवावका कार्यक्रममा क्रान्तिकारी कम्युनिष्ट पार्टीको समर्थन र ऐक्यबद्धता रहने सो पार्टीका नगर संगठन समितिका संयोजक झरनाले जारी गरेको विज्ञप्तिमा जनाईएको छ ।