गण्डकी प्रदेशस्तरीय कृषि तिज गित प्रतियोगितामा तनहुँको समुह द्वित्तिय

Devghat Online

शेयर गरौ

दमौली, भदौ २३

पोखरामा सम्पन्न गण्डकी प्रदेशस्तरीय कृषि तिज गित प्रतियोगितामा तनहुँको समुह द्वित्तिय हुन सफल भएको छ । कृषि विकास निर्देशनालय, गण्डकी प्रदेश र पोखरा टेलिभिजन एचडीको संयुक्त आयोजनामा पोखरा उद्योग वाणिज्य संघको सभाहल गैह्रापाटनमा आयोजित उक्त प्रतियोगितामा तनहुँबाट सहभागी भएको म्याग्दे गाउँपालिकाको बेलकालिका कृषि समुह दोश्रो हुन सफल भएको हो ।

सो प्रतियोगितामा म्याग्दी जिल्ला प्रथम भएको थियो भने कास्की जिल्ला तृतिय र स्याङ्जा जिल्ला सान्वना भएको छ । प्रतियोगिताको प्रोत्साहन पुरस्कार मुस्ताङ जिल्लालाई प्रदान गरिएको थियो ।
प्रतियोगितामा प्रथम, द्वित्तिय, तृतिय र सान्त्वना हुन सफल टिमलाई क्रमश २१ हजार, १५ हजार, ९ हजार र ३ हजार नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो ।

गत साता दमौलीमा आयोजित जिल्ला स्तरीय कृषि तिज गित प्रतियोगितामा बेदकालिका कृषि समुह प्रथम भई प्रदेश स्तरिय प्रतियोगितामा सहभागी भएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले